छोटे राजाहरु खोकी लाग्यो भन्दै विदेश जान लागे : प्रकाशचन्द्र  लोहनी « Khabarhub

छोटे राजाहरु खोकी लाग्यो भन्दै विदेश जान लागे : प्रकाशचन्द्र  लोहनी


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले छोटे राजाहरु खोकी लाग्यो भन्दै करोडौं खर्च गरेर विदेश जान लागेको बताएका छन् ।

शनिबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल माइतीघर मण्डलामा पुगेका पूर्वअध्यक्ष लोहनीले छोटे राजाहरु खोकी लाग्यो भन्दै करोडौं खर्च गरेर विदेश जान लागेको बताएका हुन्।

वर्तमान नेताहरूलाई छोटे राजाको संज्ञा दिँदै सरकार र नेतृत्वले मनोमानी गरिरहेको उनकाे आरोप छ । नले नेताहरूलाई करोडौँ रुपैयाँ दिएर विदेशमा उपचार गराउन पठाउने तर  आविष्कारको क्षेत्रमा लगानी नगरेर वैज्ञानिक समाजवाद कसरी आउँछ ? भन्दै प्रश्न गरे। उनले वर्तमान राज्यसत्ता थोरै मानिसको हितको लागि मात्रै केन्द्रित भएको बताए।

सरकारले नेपालको विकासमा लागेका व्यक्तिलाई निरुत्साहित गरिरहेको उनको आरोप छ । त्यसैगरी अहिलेको राज्यसत्ता मुलतः केही सानो जमातको हितको लागि मात्रै भएको समेत उनले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १ : ५२ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका