अमेरिकी राष्ट्रपति बाइडेनले दक्षिण प्रशान्त क्षेत्रका १८ नेतासँग भेटवार्ता गर्ने « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनले दक्षिण प्रशान्त क्षेत्रका १८ नेतासँग भेटवार्ता गर्ने


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मे महिनामा पपुवा न्युगिनीको भ्रमणका क्रममा दक्षिण प्रशान्त क्षेत्रका १८ नेतासँग भेटवार्ता गर्ने एक उच्च क्षेत्रीय कूटनीतिज्ञले शनिबार बताएका छन् ।

दक्षिण प्रशान्त क्षेत्रलाई दोस्रो विश्वयुद्धपछि सापेक्षिक कूटनीतिक रूपमा पछि परेको क्षेत्रका रूपमा हेरिएको थियो तर पछिल्लो समय यो व्यापारिक, राजनीतिक र सैन्य प्रभावका लागि प्रतिस्पर्धा गर्ने शक्तिहरूको केन्द्र बन्दै गएको छ ।

पपुवा न्यू गिनीका विदेशमन्त्री जस्टिन टकाचेन्कोले पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले आफ्ना आयोजकसँग द्विपक्षीय वार्तामा भाग लिने र प्रशान्त टापुका १८ नेतासँग पनि भेटघाट गर्ने जानकारी दिए ।

प्यासिफिक आइल्याण्ड फोरम प्रशान्त महासागरको विशाल जलक्षेत्रमा छरिएका प्रायः साना राज्यहरूको १८ सदस्यीय क्षेत्रीय समूह हो ।

उक्त भेटवार्तामा अष्ट्रेलिया र न्युजिल्याण्डका प्रधानमन्त्री पनि सहभागी हुनेछन् ।

बाइडेन आगामी मे २२ मा पपुवा न्युगिनीको भ्रमण गर्ने कम्तीमा एक शताब्दीपछि पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बन्नेछन् ।

सन् १९०१ मा थियोडोर रुजवेल्टको प्रशासनसँग सम्बन्धित विदेश मन्त्रालयको रेकर्डअनुसार कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले पपुवा न्युगिनीको भ्रमण गरेका छैनन् ।

बाइडेनले जापानको हिरोसिमामा हुने जी–७ शिखर सम्मेलन र मे महिनामा सिड्नीमा हुने क्वाडको शिखर सम्मेलनमा अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाको पनि सहभागिता जनाउने कार्यक्रम छ ।

अमेरिकी विशेष दूत जोसेफ युनले दक्षिण प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढेपछि अमेरिकाले आफ्नो कुटनीतिक पहल बढाउन लागेको हो ।

चीनले हालै पपुवा न्यू गिनीको पूर्वमा रहेको सोलोमन टापुसँग चिनियाँ सेनालाई त्यहाँ तैनाथ गर्न गोप्य सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ ।

राज्य समर्थित एक चिनियाँ कम्पनीले गत मार्चमा राजधानी होनियारामा अन्तर्राष्ट्रिय बन्दरगाह विकास गर्ने ठेक्का पाएको थियो, जुन दक्षिण प्रशान्त क्षेत्रमा रणनीतिक पकड हासिल गर्ने बेइजिङको प्रयासमा ठूलो विजय हो ।

ताइवानमाथि कुनै पनि सम्भावित सैन्य द्वन्द्वमा यो क्षेत्र महत्वपूर्ण साबित हुन सक्छ । बाइडनको प्यासिफिक बैठक को पुष्टि हुनुअघि उनले भने, “कुनै पनि उच्चस्तरीय संलग्नता स्वागतयोग्य छ ।”

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ७ : १३ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल