‘भारत यमनमा शान्ति स्थापना होस् भन्ने चाहन्छ’ « Khabarhub

‘भारत यमनमा शान्ति स्थापना होस् भन्ने चाहन्छ’


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले द्वन्द्वग्रस्त यमनमा शान्ति, स्थिरता र सुरक्षा बहाली होस् भन्ने चाहना व्यक्त गरेको छ । नियमित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आफ्नो मुलुकले यमनमा शान्ति स्थापना होस् भन्ने चाहेको बताए ।

केही दिनअघि यमनमा भएको भागदौडमा परी ८५ जनाको मृत्यु भएको थियो भने ३२२ जनाभन्दा धेरै घाइते भएका थिए । बागचीले घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले आफ्नो मुलुकले यमनमा शान्ति, स्थिरता र सुरक्षाको बहालीको अपेक्षा गरेको सञ्चारकर्मीलाई जानकारी दिए ।

सन् २०१४ यता यमनमा जारी गृहयुद्धका कारण त्यहाँ मानवीय संकट देखा परेको छ । युद्धका कारण लाखौँ यमनीको मृत्यु भएको छ भने अर दशौँ लाख विस्थापित भएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ४ : ३९ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय