लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत « Khabarhub

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतवार सभामा आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजन विधेयक माथि छलफल गरियोस्, भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।

प्रस्तुत विधेयकमाथि सोमबार १२ बजे बस्ने बैठकमा छलफल हुनेछ । दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, सङ्घीयताको सबलीकरण तथा सुशासन प्रवर्द्धन गर्ने गरी आगामी बजेट आउन लागेको मन्त्री मास्कीले बताए । उनले स्रोत साधनको परिचालनमा मितव्ययिता एवम् प्रभावकारिता कायम गर्नेतर्फ बजेट लक्षित हुने बताए ।

साथै उनले विकासको दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता राख्ने योजना रहेको सुनाए । शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, खानेपानी, ऊर्जा, भवन तथा सहरी विकास लगायतका क्षेत्रमा ठूला आयोजनालाई प्राथमिकतामा राखि गौरवका आयोजनाका रुपमा विकास गर्ने जनाएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ६ : ३४ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।