आज उत्पीडित जनसमुदायको मुक्तिको दिन हो : प्रदेश प्रमुख परियार « Khabarhub

आज उत्पीडित जनसमुदायको मुक्तिको दिन हो : प्रदेश प्रमुख परियार


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘१६औँ गणतन्त्र स्थापना दिवस २०८०’ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गरेका छन्।

उनले कर्णाली प्रदेशवासी तथा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा दिदीबहिनी–दाजुभाइहरूमा सामाजिक न्याय, सुशासन, समृद्धि प्राप्तिको शुभकामना व्यक्त गरेका हुन्। आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले झण्डै अढाइ सय वर्ष पुरानो हिन्दू एकात्मक सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य गरी गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन सबैका लागि स्मरण गर्नलायक भएको बताए।

दश वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनबाट देशमा विद्यमान विभेद, शोषण, दमनमा परेका वर्ग, जाति उपेक्षित क्षेत्रका उत्पीडित जनसमुदायको मुक्तिका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदहरुप्रति श्रद्धाञ्जलि एवं बेपत्ता घाइते, अपाङ्ग योद्धाहरूको उच्च सम्मान गर्दै उनले भने, “करोडौँ नेपाली जनताको त्याग एवं बलिदानबाट नागरिकको अधिकार नेपालको संविधान–२०७२ ले संस्थागत गरेको छ। ती अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दै अघि बढ्नु आजको आवश्यक्ता हो। दिवसले हिमाल, पहाड, मधेस, तराईबीचको जनएकता र राष्ट्रिय सहमति कायम गरी अघि बढ्न प्रेरित गरोस् भन्ने सदिच्छा प्रकट गर्दछु।”

प्रदेश प्रमुख परियारले नेपाली जनतालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्वारा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता अझ सुदृढ गर्दै संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने ऊर्जा मिलोस् भन्ने कामना गरेका छन्।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  १० : ५४ बजे

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय