चीनको शेन्झाउ-१६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार | Khabarhub Khabarhub

चीनको शेन्झाउ-१६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको शेन्झाउ–१६ अन्तरिक्ष यानले आइतबार उत्तरपश्चिम चीनको जिउक्वान भू उपग्रह प्रक्षेपण केन्द्रमा अन्तिम प्रक्षेपण पूर्व अभ्यास पूरा गरेको छ । योसँगै यान प्रक्षेपणका लागि तयार रहेको छ ।

जहाज र यसको क्यारियर रकेट र प्रक्षेपण केन्द्रमा सबै प्रणाली र तयारी प्रक्षेपणका लागि तयार रहेको प्रक्षेपण केन्द्रले जनाएको छ ।

प्रक्षेपण केन्द्रमा स्थानान्तरण गरिएका अन्तरिक्ष यान र लङ मार्च२ एफ क्यारियर रकेटको संयोजनबाट रकेट र अन्तरिक्ष यानको विभिन्न निरीक्षण र प्रिलन्च पूर्वाभ्यासहरू सञ्चालन गरिएको प्रक्षेपण केन्द्रका वरिष्ठ इन्जिनियर हे पेङ्जुले बताएका छन् ।

बालुवा र वर्षाको पानी रकेटमा पस्न नदिन प्रक्षेपण टावरमा सिल गर्ने सुविधा समेत रहेको उनले बताए । यो गोबी मरुभूमिको बलौटे वातावरण अनुरूप तयार पारिएको छ । प्रक्षेपण केन्द्र यही गोबी मरुभूमिमा अवस्थित छ ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  २ : ५८ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको