रेशम चौधरीलाई आममाफी दिएकोप्रति गगन थापाको असन्तुष्टि | Khabarhub Khabarhub

रेशम चौधरीलाई आममाफी दिएकोप्रति गगन थापाको असन्तुष्टि


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरेका रेशम चौधरीलाई आममाफी दिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

दुई साताअघि २ जेठमा सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको थियो । तर, सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आउनुअघि नै उनलाई आममाफी दिने कार्यले अदालतलाई हेपेको थापाको भनाइ छ । 

सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी सोमबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन् । ७ भदौ २०७२ मा सात सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा चौधरीलाई तीन तहकै अदालतबाट दोषी ठहर गरेको हो । 

यही विषयलाई दिएर सोमबार नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अदालतलाई हेप्न नहुने बताए । आफूलाई अफ्ठ्यारो पर्दा विधिभन्दा बाहिर गएर निर्णय गर्न नहुने उनको भनाइ छ । 

‘यो राजाको शासन होइन। यहाँ हुकुम चल्दैन यो गणतन्त्र हो। गणतन्त्रमा केबल कानुन मात्रै चल्छ। कानुनको शासन मात्रै चल्छ,’ उनले भने, ‘हामीलाई सरकार चलाउन गाह्रो भयो भनेर कानुनलाई मिचेर थिचेर बलमिच्याइँ गरेर हामी कुनै निर्णय गर्छौं। अदालतको पूर्णपाठ भएको छैन । हतार हतार निर्णय गर्छौ । हामीले अदालतलाई हेप्यौं । हामीले जे गरे पनि हुन्छ भन्यौँ ।’

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ३ : ०४ बजे

चाडपर्वले एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउँछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद्

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा– गोरखा दरबारको दशैँघरबाट काठमाडौंको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको

काठमाडौंको गणेशस्थान नजिकै भीषण आगलागी (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर २० स्थित भीमसेनस्थान नजिक आगलागी

हिट फिल्मको खडेरीमा दशैँ भिडन्तले पानी पार्ला ?

काठमाडौं – ०८२ बितेका सुरुवाती ६ महिनाको व्यापार सुखद् छैनन्

अर्घाखाँचीमा गाडी दुर्घटना, दुईजनाको मृत्यु, २४ जना घाइते

अर्घाखाँची– अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको