निजी स्कूलका शिक्षकलाई सरकारी सरह तलब सुविधा दिन मेयर बालेनको निर्देशन « Khabarhub

निजी स्कूलका शिक्षकलाई सरकारी सरह तलब सुविधा दिन मेयर बालेनको निर्देशन


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयले पनि सरकारी स्कूल सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने जनाएका छन् ।

संस्थागत (निजी)  विद्यालयले शिक्षकहरूलाई कानुनसम्मत तलब नदिएको गुनासो आएपछि मेयर शाहले शिक्षकहरूको तलब सार्वजनिक गर्दै सोही अनुसार व्यवस्था गर्नु पर्ने जनाएका छन् ।

उनले काठमाडौँ महानगरपालिकामा संस्थागत (निजी) विद्यालयका शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको बताए । 

‘शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ, शाहले भनेका छन्, ‘यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।’

मेयर साहले सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिएको भन्दै तलब स्केल सार्वजनिक गरेका छन् ।

सार्वजनिक तलब स्केलअनुसार माध्यामिक प्रथम श्रेणी सुरु तलब ५६ हजार ७८७, माध्यामिक दोस्रो श्रेणी ४८ हजार ७३७, माध्यामिक तृतीय श्रेणी ४३ हजार ६८९, निम्न माध्यामिक तक प्रथम श्रेणी ४५ हजार ८६२, द्वितीय श्रेणी ४३ हजार ६८९, तृतीय श्रेणी ३४ हजार ७३० रहेको छ ।

यस्तै, प्राथमिक तह प्रथम श्रेणी ४३ हजार ६८९, द्वितीय श्रेणी ३४ हजार ७३० र तृतीय श्रेणी ३२ हजार ९०२ रुपैयाँ रहेको छ ।

उनले तोकिए अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ८ : ५२ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेको छ ।

एमाले महाधिवेशन तयारी : सचिवालय बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको पहिलो सचिवालय बैठक बसिरहेको छ

चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड

जेन-जी लक्षित मन्त्री पुनको टिप्पणी : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन

काठमाडौं – जेन–जी आन्दोलनको आडमा शिक्षामन्त्री बनेका महावीर पुनले जेनजीलाई

असन–इन्द्रचोकको तरकारी बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको असन र इन्द्रचोक क्षेत्र देशकै प्रमुख र पुरानो