रैथाने बालीको बीउ पाउन मुस्किल « Khabarhub

रैथाने बालीको बीउ पाउन मुस्किल


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

पाल्पा– बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत (रैथाने) बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै पाइँदैन ।

छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बीउमा धेरैको आकर्षण बढेको छ । थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिन किसानले रैथाने बाली लगाउन छाडेर उन्नत रोज्न थालेका हुन् ।

परम्परागत रुपमा लगाउँदै आएका बाली क्रमशः हराउँदै गएको र हिजोआज उन्नत र हाइब्रिड सबैले प्रयोग गर्न थालेको पाल्पा रामपुरकी सीता देवकोटाले बताइन् ।

‘व्यावसायिकरुपमा कृषि गर्न पुरानो जातका बीउले उत्पादन लिन सकिँदैन, घरायसी प्रयोजनका लागि मात्रै खेती गरेर भएन’, उनले भनिन्, ‘धान, मकै, कोदो, फापर, कागुनो, तरकारी खेती गर्दा नयाँ जात नै लगाउने गरिएको छ ।’ उनले बिगत एक दशयता तरकारी, धान, मकै, गहुँबाली लगाउँदा उन्नत बीउ नै लगाउने गरेकी छिन् ।

स्थानीय जातको बीउ लगाउँदा लगानीअनुसारको उत्पादन लिन नसकिने देवकोटाले बताइन् । किसानले बजारका एग्रोभेटबाट नयाँ जातका बीउ विजन खरिद गरेर लगाउने गरेका छन् । गाउँगाउँमा एग्रोभेट खुलेपछि नयाँ जातका बीउबिजन खरिद गर्न सहज भएपछि स्थानीय जात छाड्दै गएका हुन् ।

बाहिर बजारमा पुगेर बीउ खरिद गर्ने झन्झटले कतिपयले स्थानीय बीउ नै लगाउने गरे पनि पछिल्लो समय एग्रोभेटले नयाँ–नयाँ जातका बीउबिजन ल्याउन थालेपछि बीउ खरिद गर्न सजिलो भएको अगुवा कृषक दिलबहादुर थापाले बताए । उनले जग्गा भाडामा करिव दश रोपनीमा तरकारी लगाउँदै आएका छन् ।।

स्थानीय जात लगाउँदा मेहनत र लगानी अनुसारको उत्पादन लिन नसकिने, उन्नतले उत्पादन वृद्धि, गुणस्तरको बीउ भएपछि रोग किरा पनि कम लाग्ने गरेको थापाको अनुभव छ । कृषक थापाले हरेक वर्ष बिरुवा राख्नुअगावै कृषि प्राविधिकसँगको सल्लाह लिएर नयाँ जातका बीउ लगाउँदै आएका छन् ।

भण्डारण गरिएको गुणस्तरको बीउ पाएपछि कृषकहरु यसतर्फ आकर्षित हुन थालेका हुन् । कृषकले बर्सेनि एकै जातको भण्डारण नगरिएका धान, तरकारी बालीको बीउ प्रयोग गर्दा लगानी उठाउन समस्या परेको थियो ।

बजारमा पछिल्लो समय तरकारी, धान, मकै, गहुँ, फलफूलमा नयाँ जातको गुणस्तरको बीउ आएपछि खेती गर्न सहज, धेरै उत्पादन लिन पाइने भएपछि पुरानो जात छाडेर नयाँ जातमा धेरैले प्रयोग गर्न थालेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताए ।

अहिले धानबालीअन्तर्गत सावित्री, सावा मन्सुली, यू यस ३१२ च्यापियन, राजा गोरखनाथजस्ता जात चलनचल्तीमा छन् । पाल्पाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान बाहिरबाट निर्यात हुने गरिरहेको छ । खेतीयोग्य जमिन घर घडेरीमा परिणत हुन थालेपछि उत्पादन घट्दै गएको कृषि प्राविधिक बताउँछन् । खेती गरिएको जमिनमा भने उन्नत जातको धान उत्पादन बढ्दो मात्रामा रहेको छ ।

कृषक उन्नत जाततर्फ आकर्षित हुँदा खेती लगाइएका जमिनमा धान लगाएर प्रशस्त उत्पादन लिन सफल भएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिने उद्देश्य राखे पनि स्थानीय र उन्नत जातको स्वादमा भने फरकपन हुन्छ ।

छोटो समयमा धेरै उत्पादन लिने उद्देश्य राखेका कारण स्थानीय जातका परम्परागत बीउ लोप हुँदै गएको हो । व्यावसायिक तवरले खेती सुरु गरेकाले स्थानीयबाट आर्थिक लाभ लिन नसकिने हुदा मनग्य उत्पादन गर्न उन्नत बाली लगाउने गरिएको कृषक बताउँछन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ११ : ४८ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग