रैथाने बालीको बीउ पाउन मुस्किल | Khabarhub Khabarhub

रैथाने बालीको बीउ पाउन मुस्किल


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

पाल्पा– बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत (रैथाने) बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै पाइँदैन ।

छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बीउमा धेरैको आकर्षण बढेको छ । थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिन किसानले रैथाने बाली लगाउन छाडेर उन्नत रोज्न थालेका हुन् ।

परम्परागत रुपमा लगाउँदै आएका बाली क्रमशः हराउँदै गएको र हिजोआज उन्नत र हाइब्रिड सबैले प्रयोग गर्न थालेको पाल्पा रामपुरकी सीता देवकोटाले बताइन् ।

‘व्यावसायिकरुपमा कृषि गर्न पुरानो जातका बीउले उत्पादन लिन सकिँदैन, घरायसी प्रयोजनका लागि मात्रै खेती गरेर भएन’, उनले भनिन्, ‘धान, मकै, कोदो, फापर, कागुनो, तरकारी खेती गर्दा नयाँ जात नै लगाउने गरिएको छ ।’ उनले बिगत एक दशयता तरकारी, धान, मकै, गहुँबाली लगाउँदा उन्नत बीउ नै लगाउने गरेकी छिन् ।

स्थानीय जातको बीउ लगाउँदा लगानीअनुसारको उत्पादन लिन नसकिने देवकोटाले बताइन् । किसानले बजारका एग्रोभेटबाट नयाँ जातका बीउ विजन खरिद गरेर लगाउने गरेका छन् । गाउँगाउँमा एग्रोभेट खुलेपछि नयाँ जातका बीउबिजन खरिद गर्न सहज भएपछि स्थानीय जात छाड्दै गएका हुन् ।

बाहिर बजारमा पुगेर बीउ खरिद गर्ने झन्झटले कतिपयले स्थानीय बीउ नै लगाउने गरे पनि पछिल्लो समय एग्रोभेटले नयाँ–नयाँ जातका बीउबिजन ल्याउन थालेपछि बीउ खरिद गर्न सजिलो भएको अगुवा कृषक दिलबहादुर थापाले बताए । उनले जग्गा भाडामा करिव दश रोपनीमा तरकारी लगाउँदै आएका छन् ।।

स्थानीय जात लगाउँदा मेहनत र लगानी अनुसारको उत्पादन लिन नसकिने, उन्नतले उत्पादन वृद्धि, गुणस्तरको बीउ भएपछि रोग किरा पनि कम लाग्ने गरेको थापाको अनुभव छ । कृषक थापाले हरेक वर्ष बिरुवा राख्नुअगावै कृषि प्राविधिकसँगको सल्लाह लिएर नयाँ जातका बीउ लगाउँदै आएका छन् ।

भण्डारण गरिएको गुणस्तरको बीउ पाएपछि कृषकहरु यसतर्फ आकर्षित हुन थालेका हुन् । कृषकले बर्सेनि एकै जातको भण्डारण नगरिएका धान, तरकारी बालीको बीउ प्रयोग गर्दा लगानी उठाउन समस्या परेको थियो ।

बजारमा पछिल्लो समय तरकारी, धान, मकै, गहुँ, फलफूलमा नयाँ जातको गुणस्तरको बीउ आएपछि खेती गर्न सहज, धेरै उत्पादन लिन पाइने भएपछि पुरानो जात छाडेर नयाँ जातमा धेरैले प्रयोग गर्न थालेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताए ।

अहिले धानबालीअन्तर्गत सावित्री, सावा मन्सुली, यू यस ३१२ च्यापियन, राजा गोरखनाथजस्ता जात चलनचल्तीमा छन् । पाल्पाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान बाहिरबाट निर्यात हुने गरिरहेको छ । खेतीयोग्य जमिन घर घडेरीमा परिणत हुन थालेपछि उत्पादन घट्दै गएको कृषि प्राविधिक बताउँछन् । खेती गरिएको जमिनमा भने उन्नत जातको धान उत्पादन बढ्दो मात्रामा रहेको छ ।

कृषक उन्नत जाततर्फ आकर्षित हुँदा खेती लगाइएका जमिनमा धान लगाएर प्रशस्त उत्पादन लिन सफल भएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिने उद्देश्य राखे पनि स्थानीय र उन्नत जातको स्वादमा भने फरकपन हुन्छ ।

छोटो समयमा धेरै उत्पादन लिने उद्देश्य राखेका कारण स्थानीय जातका परम्परागत बीउ लोप हुँदै गएको हो । व्यावसायिक तवरले खेती सुरु गरेकाले स्थानीयबाट आर्थिक लाभ लिन नसकिने हुदा मनग्य उत्पादन गर्न उन्नत बाली लगाउने गरिएको कृषक बताउँछन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ११ : ४८ बजे

आजका समाचार : राजावादीको शक्ति प्रदर्शन, कुलमानले छाडेनन् अडान र इजरायल-हमास दोस्रो चरणको युद्धविराम वार्ता हुने

ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्री- राष्ट्रपति हुँदाहुँदै नारायणहिटीको कुर्सीमा राख्दैमा कोही राजा

मुम्बइमा पानीको ट्याङ्की सफा गर्दा निसास्सिएर चार जनाको मृत्यु

मुम्बइ – भारतको मुम्बइको नागपाडा क्षेत्रमा आइतबार निसास्सिएर चार मजदुरको

धनगढीमा बन्यो ३२ करोडको सभा गृह, प्रधानमन्त्री ओलीले गरे उद्घाटन 

धनगढी– सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुविधायुक्त सभागृह सञ्चालनमा आएको छ

पोखरामा अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबार : पाँच जना पक्राउ

पोखरा– कास्की प्रहरीले क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा र सट्टाबाजी गरेको

ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्री- राष्ट्रपति हुँदाहुँदै नारायणहिटीको कुर्सीमा राख्दैमा कोही राजा हुँदैन

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको