दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दिन भर आज प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता, निजी क्षेत्रसँगको सहकार्य सरकारको प्राथमिकतामा रहेकाे प्रधानमन्त्रीकाे भनाइ, गुरु कुट्नेलाई सरकारले संरक्षण गरेकाे अध्यक्ष ओलीकाे आराेप, रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवार, लुम्बिनी प्रदेशमा दुई मन्त्रालयको नाम परिवर्तन, संघीय शिक्षा ऐन जारी गर्न नेविसंघको मागलगायतका समाचारले प्रमुखस्थान  पाए । 

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री दाहाललाई भेट अध्यक्ष तिमिल्सिना आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।

निजी क्षेत्रसँगको सहकार्य सरकारको प्राथमिकतामा रहेकाे प्रधानमन्त्रीकाे भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङ्घसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन् ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का नवनिर्वाचित पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले आर्थिक एवं औद्योगिक विकासका लागि परिसङ्घबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यावहारिक सुझाव प्राप्त भइरहेको र त्यसलाई सरकाले प्राथमिकतामा राखेको बताए । परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसङ्घ पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँगको भेटमा पुँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गरेको थियो ।

जलहरीका विषयमा मेरो कुनै सरोकार छैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन् ।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले जलहरीका विषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसामात्रै दिने काम गरेको भन्दै अन्य विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका हुन् ।

गुरु कुट्नेलाई सरकारले संरक्षण गरेकाे अध्यक्ष ओलीकाे आराेप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृति बढेको र यसको संरक्षणमा सरकार लागेको आरोप लगाएका छन् ।

आज काठमाडौँ आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक रहेको बताए ।

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्‍याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।

बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ ।

लुम्बिनी प्रदेशमा दुई मन्त्रालयको नाम परिवर्तन

लुम्बिनी प्रदेशका दुईवटा मन्त्रालयको नाम परिवर्तन गरिएको छ ।

लुम्बिनी प्रदेशको हिजो बसेको बैठकले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय तथा आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेको हो ।

संघीय शिक्षा ऐन जारी गर्न नेविसंघको माग

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले संघीय शिक्षा ऐन जारी गर्न माग गरेको छ ।

सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्मालाई भेटेर नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले संघीय शिक्षा ऐन जारी गर्न पहल गरिदिन माग गरेको हो ।

गण्डकी प्रदेशको बजेट खर्च ४७ प्रतिशत

गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९–८० मा आधा बजेट पनि खर्च गर्न सकेको छैन । असार दोस्रो सातासम्ममा कुल बजेटको ४७ दशमलव ५९ प्रतिशतमात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु आवका लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरिएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष सकिन लाग्दा १७ अर्ब आठ करोड ९२ लाखमात्र बजेट खर्च भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रोक

चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ ।

वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो ।

निजी स्कूलका शिक्षकलाई सरकारी सरह तलब सुविधा दिन मेयर बालेनको निर्देशन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयले पनि सरकारी स्कूल सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने जनाएका छन् ।

संस्थागत (निजी) विद्यालयले शिक्षकहरूलाई कानुनसम्मत तलब नदिएको गुनासो आएपछि मेयर शाहले शिक्षकहरूको तलब सार्वजनिक गर्दै सोही अनुसार व्यवस्था गर्नु पर्ने जनाएका छन् ।

मुस्लिम धर्मावलम्बीहरूले बकर इद मनाइयाे

मुस्लिम धर्मावलम्बीहरूले आज देशभर बकर इद (इदुल जोहा) पर्व मनाएका छन् ।

पर्वको अवसरमा काठमाडौँको घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायको ठूलो भीड लागेको थियाे ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ९ : ०० बजे

देशलाई संकटबाट मुक्त तुल्याउने हो भने गणतन्त्रको विकल्प खोज्नुपर्छ : राप्रपा नेपाल

काठमाडौं– राप्रपा नेपालले संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाएको अमूर्त

एमालेले प्रचण्डलाई दिएको अल्टिमेटम सकिँदै, मन्त्रीहरू बालकोटको निर्देशन कुर्दै

काठमाडौं- नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिन आफ्ना मन्त्रीहरूलाई

तालिबानद्वारा अमेरिकासँग बन्दी आदानप्रदानबारे छलफल

एजेन्सी– अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

काठमाडौं– सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र

टी-२० अलराउण्डरको वरीयतामा हार्दिक पाण्डेय शीर्ष स्थानमा

काठमाडौं– भारतलाई टी-२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर