एनआरएनए साउदीमा पहिलो पटक महिला अध्यक्ष  « Khabarhub

एनआरएनए साउदीमा पहिलो पटक महिला अध्यक्ष 


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबको अध्यक्षमा रविना अर्याल चयन भएकी छिन् । साउदी अरब एनआरएनएमा महिला अध्यक्ष भएको यो पहिलो पटक हो । 

एनआरएनए साउदीको साधारण सदस्य, कार्यसमिति सदस्य, उपाध्यक्ष लगायत पदमा रहेर आफ्नो सफलतापूर्वक जिम्मेवारी पुरा गरेकी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई, उपाध्यक्षमा राजकुमार गिरि, कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुवेदी, महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गाबहादुर काउचा निर्विरोध निर्वाचित भएका छन् । युवा संयोजकमा विष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापा मगर विजयी भएका छन् । 

समिति सदस्यहरूमा देवीबहादुर कार्की, युवराज पोखरेल, पदमबहादुर महत, दीपक ढुङ्गाना, अमृतबहादुर तामाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले विजयी भएको निर्वाचन समितिले जनाएको छ । 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : ३७ बजे

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९