जानकी फाइनान्सको साधारणसभा बस्दै « Khabarhub

जानकी फाइनान्सको साधारणसभा बस्दै


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जानकी फाइनान्सको शनिबार साधारणसभा बस्दैछ । कम्पनीले २६औँ सभा बोलाएको हो । साधारण सभामा लाभांश वितरणसम्बन्धी एजेन्डा भने रहेको छैन ।

कम्पनीले गत वर्ष १५ प्रतिनिधि बोनस सेयर र कर वापत ०.७९ प्रतिनिधि लाभांश वितरण गरेको थियो । साधारण सभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्दैछ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा, मसाला कटेज, तिरहुतिया गाछी जनकपुरधाममा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि जानकीले साउन २ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको छ । १ साउनसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : ४६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले