जानकी फाइनान्सको साधारणसभा बस्दै « Khabarhub

जानकी फाइनान्सको साधारणसभा बस्दै


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जानकी फाइनान्सको शनिबार साधारणसभा बस्दैछ । कम्पनीले २६औँ सभा बोलाएको हो । साधारण सभामा लाभांश वितरणसम्बन्धी एजेन्डा भने रहेको छैन ।

कम्पनीले गत वर्ष १५ प्रतिनिधि बोनस सेयर र कर वापत ०.७९ प्रतिनिधि लाभांश वितरण गरेको थियो । साधारण सभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्दैछ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा, मसाला कटेज, तिरहुतिया गाछी जनकपुरधाममा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि जानकीले साउन २ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको छ । १ साउनसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : ४६ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल