नेपालमा पनि विश्व बाघ दिवस मनाइयो | Khabarhub Khabarhub

नेपालमा पनि विश्व बाघ दिवस मनाइयो


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यस वर्ष दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । दिवसका अवसरमा शनिबार वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले पछिल्लो केही वर्षयता नेपालमा बाघको संख्यामा बृद्धि भएपनि संरक्षणमा चुनौति देखिएको बताए । जंगलको वरिपरि बस्ती रहेपनि उनले वनको उपयोगमा प्रतिबन्ध लगाउँदा स्थानीय जनतामा समस्या देखिएको धारणा राखे । उनले वनको स्रोतको उपयोग गर्दै राष्ट्रलाई समृद्ध गर्न सकिने भएकाले त्यसलाई उचित व्यवस्थापन गर्न सक्नुपर्नेमा जोड दिए ।

बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । बाघ विश्वका १३ देशमा पाइन्छन् ।

ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ५ : २४ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा