दाङमा ट्रक दुर्घटना | Khabarhub Khabarhub

दाङमा ट्रक दुर्घटना


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङस्थित लमही–घोराही सडक खण्डमा शनिबार दिउँसो ट्रक दुर्घटना भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

बुटवलबाट फलामको पाइप बोकेर तुलसीपुरतर्फ जाँदै गरेको ना ४ ख ८४८७ नम्बरको ट्रक घोराही उपमहानगरपालिका–३ मसोटमा पल्टिँदा दुई यात्रु घाइते भएका हुन् । लमही नगरपालिका–२ निवासी १८ वर्षीया रबिना चौधरी र १६ वर्षीया करुणा चौधरी घाइते भएको प्रहरीको भनाइ छ ।

ट्रकको साइड लगाएर रोक्ने क्रममा भार थाम्न नसकी ब्याक भएर ट्रक सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए ।

घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ६ : ४९ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो