मर्जर प्रक्रियामा जान क्याम्पसहरुलाई मुख्यमन्त्री पाण्डेको सुझाव « Khabarhub

मर्जर प्रक्रियामा जान क्याम्पसहरुलाई मुख्यमन्त्री पाण्डेको सुझाव


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश भित्रका सामुदायिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाव दिएका छन् ।शनिबार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले भने ‘विद्यार्थी संख्या, लगानी सबैलाई हेर्दा पब्लिक क्याम्पसहरु मर्जर प्रक्रियामा अघि बढ्दा लगानी अनुसारको प्रतिफल आउन सक्छ ।’

सरकारले उच्च शिक्षामा गरेको लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले कसरी प्रतिफल निकाल्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने सुझाब दिए । गण्डकी प्रदेश सरकारले चालु वर्ष सामुदायिक क्याम्पस सँग प्रदेश सरकार कार्यक्रम संचालन गर्ने नीति बनाएर कार्यक्रम सार्वजनीक गरिसकेको उनले बताए । ‘सामुदायिक क्याम्पसँग प्रदेश सरकार’ कार्यक्रम अन्तरगत अहिले एक करोड ७५ लाख रकम बिनियोजन भएको छ’ मुख्यमन्त्री पाण्डेले भने ‘चालु वर्ष नै यो रकम पाँच करोड पु¥याईनेछ ।’

प्राध्यापक, संचालक समिति, विद्यार्थीहरुले महशुस गर्ने गरि पब्लिक क्याम्पसलाई गण्डकी प्रदेश सरकारको सहयोग रहने मुख्यमन्त्री पाण्डेले बताए । आवश्यकता र चाहना धेरै तर बजेट थोरै हुँदा बजेट कम भएको उनले बताए । पब्लिक क्याम्पसहरुले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने, दक्ष युवा जनशक्ति बिदेशिने दर न्यूनिकरण गर्न ब्यवशायीक शिक्षा केन्द्रित गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड थियो ।

आफ्नो स्वामित्वमा जग्गा नहुँदा समस्या भएको पब्लिक क्याम्पसहरुको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पब्लिक क्याम्पसहरुलाई आफ्नै स्वामित्वमा जग्गा ल्याउन सहज हुने गरि कानुन निर्माण गरिने बताए । साथै उनले सामाजिक सेवाको भावनाले क्याम्पस लगायत सार्वजनीक संस्थालाई जग्गा दान गर्दा दताले तिर्नुपर्ने कर मिनाह गर्ने गरि कानुन आवश्यक भएको बताए ।

नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशका अध्यक्ष ऋषिराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश भित्रका बिभिन्न पब्लिक क्याम्पसका संचालक समिति अध्यक्ष, प्राध्यापक संघका अध्यक्ष र क्याम्पस प्रमुखको उपस्थिती थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आले मगर, कृषि तथा भुमि ब्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, प्रदेश नीति योजना आयोग गण्डकीका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष शत्रुधन गुप्ता लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : ०८ बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार