कांग्रेस जनताको पार्टी हो : प्रदीप पौडेल | Khabarhub Khabarhub

कांग्रेस जनताको पार्टी हो : प्रदीप पौडेल


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेसले जनताको समस्यालाई आफ्नो ‘मुद्दा’ बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले आज काठमाडौँ आयोजना गरेको ‘महानगर सम्मेलन’मा उहाँले कांग्रेसले जनताका जल्दाबल्दा समस्यालाई आफ्नो मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताए ।

“कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिले राम्रो काम गरे आगामी निर्वाचनमा कांग्रेस सशक्त पार्टीका रूपमा स्थापित हुनसक्छ”, उनले भने । नेता पौडेलले नेपाली राजनीतिको विश्वविद्यालय कांग्रेस पार्टी भएकाले कांग्रेसबाट अरु पार्टीले समेत पाठ सिक्नुपर्ने बताए ।

उनले स्वतन्त्रताको पक्षधर पार्टी कांग्रेस भएकाले कांग्रेसले स्वतन्त्रतालाई बन्देज गर्न नमिल्ने धारणा राखे । “मुलुकको विकासको नेतृत्व गरेको पार्टी कांग्रेसले सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदै आएको छ, जनताको समस्या समाधान गर्ने पार्टी कांग्रेस हो”, उनले भने ।

उनले कांग्रेस जनताको पार्टी हो भन्ने सन्देश दिन सके आगामी निर्वाचन सजिलै जित्न सक्ने बताए । सरकारमा बस्दा जनताको समस्या समाधान गर्न सकेनौँ भने आगामी निर्वाचन जित्न कांग्रेसलाई गाह्रो हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : ५७ बजे

राप्रपामा बढ्दो टकरावबीच रेखाको टिप्पणी- विशेष महाधिवेशनको माग भएन र ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य एवम् अभिनेत्री

पक्राउ परेकी दक्षिण कोरियाली पूर्वप्रथम महिला बस्ने जेलमा पङ्खा छ, एसी छैन

सियोल– दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम किओन हीलाई पूँजी बजार

कैलालीस्थित कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिले कैलालीस्थित कारागार कार्यालय

बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप

ढोरपाटन – जिल्लामा एक लाख ९३ हजार ७२२ पशुचौपायालाई खोप