इराकमा सन् २०१६ को बिस्फोटमा संलग्न तीन जनालाई मृत्युदण्ड « Khabarhub

इराकमा सन् २०१६ को बिस्फोटमा संलग्न तीन जनालाई मृत्युदण्ड


१२ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इराकमा तीनसय जनाभन्दा बढी व्यक्तिको ज्यान जानेगरी भएको बम आक्रमणमा तीनजनालाई फाँसी दिइएको छ ।

इराकको राजधानी बग्दादमा ३ जुलाई २०१६ मा भएको बिस्फोटमा ३ सय बढीको मृत्यु र सयौँ घाइते भएको घटनामा दोषी ठहर भएका इस्लामिक अतिबादी संगठन आइएसका तीन जनालाई मृत्युदण्ड दिइएको हो ।

सो समयमा इस्लाम धर्मको पवित्र महिना रमजानको लागि दैनिक उपवास तोडेर मानिसहरूले रात्रि रमाइलो गरिरहेका थिए ।

इराकमा सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछीको सो बमबिस्फोट निकै नै घातक भएको ठहर गर्दै सोही घटनामा संलग्न तीन जना तत्काल पक्राउ परेका थिए ।

इराकका प्रधानमन्त्री मोहमद शिया अल सुदानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरुको नाम भने सार्वजनिक गरेको छैन ।

यद्दपी मृत्युदण्डको सजाय पाउनेमा आइएसका मुख्य योजनाकारका रुपमा रहेका गजवान अल जबाबी पनि रहेको बुझिएको छ ।

 

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ९ : १८ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि