श्रीलङ्कामा विशाल ढुंगामा ‘रावणको दरबार’ « Khabarhub

श्रीलङ्कामा विशाल ढुंगामा ‘रावणको दरबार’


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.5k
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– रावणको सुनौलो लङ्काको बारेमा धेरैले सुनेको कुरा हो । तर के तपाइँलाई थाहा छ रावणको दरबार कहाँ छ र कति भव्य थियो ?

यो दरबार देखेर तपाइँलाई विश्वास लाग्दैन कि यो रावणको दरबार हो। किनभने एक पटक यो दरबारमा माथि जान लिफ्ट थियो। हजारौं लाखौं वर्षअघि गाडिएको रावणको शव यहाँ रहेको अझै पनि विश्वास गरिन्छ ।

श्रीलङ्कामा सिगिरिया भन्ने ठाउँ छ, जहाँ रावणको दरबार रहेको मानिँदै आएको छ । भनिन्छ, यस दरबारमा हजारौँ सिँढीहरू थिए तर पनि रावणसम्म पुग्न त्यतिबेलाका मानिसहरू लिफ्टको प्रयोग गर्थे। 

जुन चट्टानमाथि यो दरबार थियो, त्यो निकै ठूलो र भव्य पनि थियो। यो विश्वास गरिन्छ कि रावणको साम्राज्य बदुल्लादेखि मध्य श्रीलङ्काको अनुराधापुरा, क्यान्डी, पोलोनारुवानुवारा एलियासम्म फैलिएको थियो। यो दरबार कुबेरले बनाएको भनिन्छ ।

सिगिरिया चट्टानमा एक धेरै पुरानो दरबारको अवशेष छ। यहाँ सुदृढ टेरेस्ड बगैंचा, पोखरी, नहर, झरनाहरू रहेका छन्। भनिन्छ कि रावणले माता सीतालाई यस स्थानमा केही दिन मात्र राखेका थिए तर पछि उनलाई अर्को ठाउँमा सारिएको थियो । 

दरबारको भव्यताको बारेमा धेरै विशेष कुराहरू छन् तर सबैभन्दा विशेष भनेको पानीको व्यवस्था हो। धेरै उचाइमा भए पनि दरबारको पानीको व्यवस्था निकै राम्रो बनाइएको थियो, यहाँ रानीहरूका लागि बगैंचा पनि बनाइएको थियो ।

यो रावणको दरबारमा करिब एक हजार सिँढी थिए तर माथि जान लिफ्टको व्यवस्था थियो । श्रीलङ्काका स्थानीय सञ्चारमाध्यमहरूलाई विश्वास गर्ने हो भने रावणको शव रगेलाको जङ्गलमा करिब ८ हजार फिटको उचाइमा ममीका रूपमा राखिएको छ । 

मृत शरीरमा अनौठो लेप लगाइएको छ ताकि यो कहिल्यै बिग्रन नपरोस्। तर, यसको ठोस प्रमाण भने अहिलेसम्म भेटिएको छैन ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ९ : ४४ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले