आफ्नो पहिचानको कुरा गर्दा अरूको आस्थामा खलल पुर्‍याउन पाइन्न : प्रधानमन्त्री « Khabarhub

आफ्नो पहिचानको कुरा गर्दा अरूको आस्थामा खलल पुर्‍याउन पाइन्न : प्रधानमन्त्री


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विधिको शासनमा प्रतिबद्ध रहेको बताएका छन् ।

आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जनावफ दिने क्रममा उनले अनेतकतामा एकता नेपाली मात्रको विशिष्टता भएको बताए ।

सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफमा उनले सामाजिक एकता, सद्भाव र समाजिक सहअस्तित्वमा खलल पुर्‍याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार प्रतिवद्ध रहेको बताए ।

पहिचानका कुरा गर्दा कसैको आस्थामाथि कुनै विभेद नगरिने उनको भनाइ छ । उनले आफ्नो पहिचानको कुरा गर्दा अरूको पहिचान र आस्थामा खलल पुर्‍याउन नपाइने समेत बताए ।

यस्तै, प्रधानमन्त्री दाहालले आसन्न चीन भ्रमणका क्रममा यसअघिका सहमति कार्यान्वयनमा जोड दिइने बताए ।

कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे गरेको प्रश्नमा उनले नेपालको आर्थिक र व्यापार सम्बधलाई थप सघन बनाउने र नाकालाई सघन बनाउनुका साथै सहयोग विस्तारबारे पनि चिनियाँ पक्षसँग सम्वाद गर्ने बताए ।

 

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ११ : ४८ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित