भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु « Khabarhub

भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्लीभैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ ।

आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्लीभैरहवा-हङकङको उडान यात्रुविहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुरु गरेको छ । 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौँ हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको हो । 

आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिए। हङकङ जाने यात्रुलाई काठमाडौँ हुँदै गन्तव्यमा पुर्‍याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौँ विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ । 

महाप्रबन्धक पाण्डेले आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको जानकारी दिए । उक्त रुटका लागि निगमले भदौ १० गतेदेखि टिकट बुकिङ खुल्ला गरेको थियो । 

नेपाल वायुसेवा निगमले मलेसिया-भैरहवा रुटमा थत जेठ ३० गतेबाट उडान सुरु गरेको थियो । त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १ : ५३ बजे

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न