महिला खेलाडीको ओठमा चुम्बन काण्ड : निलम्बित स्पेनी फुटबलका अध्यक्षकी आमा भोक हडतालमा « Khabarhub

महिला खेलाडीको ओठमा चुम्बन काण्ड : निलम्बित स्पेनी फुटबलका अध्यक्षकी आमा भोक हडतालमा


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

मड्रिड- महिला विश्व कप च्याम्पियन खेलाडीको ओठमा चुम्बन गरेका कारण निलम्बनमा परेका स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सकी आमाले भोक हडताल थालेकी छन् । अध्यक्ष रुबियाल्समाथि राजीनामा गर्न दबाब बढिरहेका बेला उनी छोराको बचाउमा भोक हडतालमा उत्रिएकी हुन् ।

प्रशिक्षक रुबियाल्सले सहमतिमा ओठमा चुम्बन गरेको अभिव्यक्ति दिएपछि स्पेनी फुटबल महासङ्घका साथै अन्य क्षेत्रीय फुटबल निकायका नेताहरूले पनि उनको राजीनामा मागेका छन् । महिला विश्वकप प्रतियोगिताको फाइनल खेलमा स्पेन विजयी भएपछि अस्टे«लियाको सिड्नीमा यही भदौ ३ गते आयोजित समारोहमा उनले खेलाडी जेनी हर्मोसाको ओठमा चुम्बन गरेका थिए ।

प्रशिक्षक रुबियाल्सको अनुशासनहीन हर्कतबाट क्रुद्ध भएको अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले उनलाई ९० दिनका लागि निलम्बन गरेको छ भने फिफाको अनुशासन समितिले अनुसन्धान पनि थालेको छ । उनले सहमतिमा चुम्बन गरेको बताए पनि खेलाडी जेनीले त्यसको प्रतिवाद गरेकी छन् ।

स्पेनले पहिलोपटक महिला विश्वकप प्रतियोगितामा हासिल गरेको विश्वविजेताको यो उपलब्धिलाई चुम्बन काण्डले ओझेलमा पारेको छ । विश्वकपअन्तर्गत अस्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इङ्गल्याण्डलाई १–० गोलले पराजित गरेको थियो ।

चुम्बन काण्ड चर्किएपछि स्पेनको राष्ट्रिय टोलीका खेलाडीहरूले अध्यक्ष रुबियाल्सले राजीनामा नगरेसम्म मैदानमा नफर्कने घोषणा गरेका छन् । उनकी आमा एन्जेल्स बेजारले आफ्नो छोराले न्याय नपाएसम्म मोट्रिलको दक्षिणी शहरको गिर्जाघरमा भोक हडताल जारी राख्ने सरकारी समाचार समिति इएफईलाई बताएकी छन् । खेलाडी जेनीले सत्य नबोलेको आरोप पनि उनले लगाएकी छन् ।

स्पेनका फुटबलसम्बद्ध अधिकारीहरूले चुम्बन काण्डले देशको प्रतिष्ठा विश्वभर बिग्रिएको बताउँदै रुबियाल्सले राजीनामा गर्नु श्रेयस्क हुन बताएका छन् । सरकारी अधिकारीहरूले सहमतिमा चुम्बन नगरिएको भए उनीविरुद्ध यौन हिंसाको मुद्दा दायर गर्न अभियोजकको कार्यालयले जेनीलाई सुझाएका छन् । उनलाई मुद्दा दायर गर्न १५ दिनको अवधि दिइएको छ । खेलकुदसम्बन्धी विवाद निरुपण गर्ने निकायले रुबियाल्सलाई पदमुक्त गर्ने अपेक्षा सर्वसाधारणले गरेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ३ : ५५ बजे

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा र्‍यालीसहित यसरी मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– भगवान् गौतम बुद्धको २५७०औँ जयन्ती शुक्रबार देशभर मनाइँदैछ । शान्तिका

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता