ब्रेकिङ स्टोरी

एमसीसीका उपाध्यक्ष अलफोर्ड काठमाडौँमा

By खबरहब

August 29, 2023

काठमाडौँ- अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका छन् ।

अलफोर्ड एमसीसी कार्यान्वयनको औपचारिक घोषणा हुने कार्यक्रममा सहभागी हुन काठमाडौं आएका हुन् । नेपाल भ्रमणमा रहदा अलफोर्डले एमसीसीसँगै अन्य अमेरिकी परियोजना र स्थानीय सांस्कृतिक क्षेत्रमको भ्रमण गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख राजनीतिक दलका नेताहरुसँग भेटघाटसमेत गर्नेछन् ।

उनी भदौँ १५ गते स्वदेश फर्किने बताइएको छ । मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसिसी बुधबारदेखि कार्यान्वयन हुँदैछ ।