भारतको जम्मु कश्मीरमा सञ्चालित विकास परियोजनाबाट सीमावर्ती क्षेत्रका स्थानीय हर्षित « Khabarhub

भारतको जम्मु कश्मीरमा सञ्चालित विकास परियोजनाबाट सीमावर्ती क्षेत्रका स्थानीय हर्षित


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको जम्मु कश्मीरको सीमावर्ती क्षेत्रमा केन्द्र सरकारले थालेको विकास परियोजनाबाट स्थानीयहरु हर्षित भएका छन् । भारत सरकारले संविधानको धारा ३७० खारेज गरेसँगै नयाँ विकासका परियोजनाहरु पनि सुरु गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु कश्मीर क्षेत्रमा हाल पर्यटन उद्योगलाई लक्षित गरी परियोजनाहरु अघि बढाइएका छन् । पर्यटन क्षेत्रमा विकासको थप पहलसँगै जम्मु कश्मीरका उरी, केरन, ताङदार, टिटाल गुरेजजस्ता स्थानमा पर्यटकीय गतिविधिमा उल्लेखनीय वृद्धि भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

यस क्षेत्रमा रहेका प्राकृतिक सुन्दरता र साँस्कृतिक सम्पदालाई प्राथमिकतामा राखेर पर्यटकीय गतिविधि सञ्चालन गरिएको छ । यसबाट विकासका साथसाथै प्राकृतिक एवम् साँस्कृतिक सम्पदाको संरक्षणमा पनि टेवा पुगेको छ ।

पर्यटकीय गतिविधि बढेसँगै जम्मु कश्मीरका सडक व्यापारी, युवा व्यवसायीका साथै होटेल, रेस्टुरेन्ट व्यवसायलाई पनि टेवा पुगेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १२ : ५७ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु