म्याग्दीको महभीर गाउँ पहिरोको जोखिममा | Khabarhub Khabarhub

म्याग्दीको महभीर गाउँ पहिरोको जोखिममा


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–४ स्थित महभीरको बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । 

वडासदस्य गर्वे गुरुङले काले कामी तथा तुलबहादुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिए । 

‘पहाडको फेदीबाट सुरु भएको दुई वटा पहिरो फेदीमा रहेको रितुङखोलासम्म पुगेको छ’, उनले भने, ‘ट्याङ्की, मुहान र पाइपलाइनमा क्षति पुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ ।’

फूलबारी–महभीर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बिचमा ठूलाठूला खोल्सी बनाएको छ । 

खोल्सा छेउछाउको जमिन चिराचिरा भएको छ । दुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ ।

गत बुधबार राति आएको पहिरोले तुलबहादुरको गोठमा रहेका एउटा राँगो र एउटा गोरु मरेका थिए ।

काले कामीले पहिरोले पुरिएकोबाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताए । पूर्णदेवी घर्ती, सहबहादुर घर्ती, सहबहादुर सुुनार, लालबहादुर कामी, तिलक कामी, गोरे कामी, पोविसरा सुनार, वीरबहादुर कामी, मुक्तिराम सुनार, कुलप्रसाद घर्ती, भीमप्रसाद सुनार, रहमन घर्ती र कुमारी घर्तीको घर जोखिममा रहेको वडासदस्य गुरुङले बताए ।

सो ठाउँमा गत हिउँदमा पनि सुक्खा पहिरो खसेर एउटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहीबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १२ : ४४ बजे

टेक्सासमा आँधीका कारण मृत्यु हुनेका सङ्ख्या सात पुग्यो

काठमाडौं – टेक्सासको ह्युस्टन सहरमा खराब मौसमसँगै आएको आँधीका कारण

वार्ता सकारात्मक, दुई-तीन वटा ड्राफ्टका विषयमा छलफल भयो : प्रधानमन्त्री सचिवालय 

काठमाडौं– अवरुद्ध संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गरेको

सरकारबाटै लोकतन्त्रमाथि खतरा बढ्यो : नेता विष्ट

काठमाडौं– नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा

चितवनमा अब पङ्खा चल्छ : रेणु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना

जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव  

काठमाडौं– जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव