सिद्धपोखरीमा बिहानैदेखि दर्शनार्थीको घुइँचो « Khabarhub

सिद्धपोखरीमा बिहानैदेखि दर्शनार्थीको घुइँचो


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्द्रजात्राको चौथो दिन भाद्र शुक्ल पूर्णिमामा सिद्धपोखरीमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

इन्द्रजात्राको दिन बिहीबार साँझ भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेंबाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई विमान खटमा राखेर नगर यात्रा गर्दै सिद्धपोखरी पुर्‍याएर राखेपछि तान्त्रिक विधिपूर्वक पूजा गरी दिपावली गर्दै मेला सुरु भएको थियो ।

आज बिहानै सिद्धपोखरीमा स्नान गरी इन्द्रको पूजा गर्ने भक्तजनको घुइँचो लागेको हो । सिद्धपोखरीलाई देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकका रुपमा लिने भएकाले स्थानीयले यस पोखरीमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरेमा पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास रहेको छ ।

भक्तपुरका अधिकांश स्थानीयको कुलदेवतासमेत रहेको सिद्धपोखरी परिसरमा लिच्छविकालदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्ति रहेका छन् ।

यस पोखरीमा वासुकी नाग रहेकोसमेत जनविश्वास रहँदै आएको छ । त्यसैले पनि पोखरीमा वासुकी नागलाईसमेत पूजा गरिन्छ । जल वृष्टिका लागि तान्त्रिक विधि अनुरुप वासुकी नागको पूजा गर्ने प्रचलन रहँदै आएको छ । आजको दिन दहको पूर्वपट्टि दिशामा अवस्थित शिवलिङ्गमा जल चढाइ पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ ।

भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले नेपाल संवत् २१८ मा शक्तिशाली युवराजका रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दहसमेत रहन गएको बताए । उनले भने, “इन्द्रलाई वर्षात् र युद्धको देवताका रुपमा मानिने चलन रहेको छ, भगवान कृष्ण र इन्द्रको द्वन्द्वमा कृष्ण जनताका पक्षमा रहेको र इन्द्र राजाको पक्षमा रहेको देखाएको छ ।”

कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवद्र्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा पनि यो जात्रा मनाइने गरेको उनको भनाइ छ । राजतन्त्रको पराजय र जनताको विजयका रुपमा पनि यो जात्रा मनाइने गरेको उनले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ३ : १६ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना