राजनीति

एसियाडमा नेपाली पब्जी टोली सेमिफाइनलमा

By खबरहब

September 29, 2023

काठमाडौँ- चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन पब्जी मोबाइल प्रतियोगितामा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ ।

आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । शुक्रबार नेपाली टिमले ५४ मिनेट ०४.८४२ सेकेण्डको टाइमिङ निकाल्दै समूह ‘सी’ मा दोस्रो भएको हो । यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ ।

सेमिफाइनलमा दुई समूहमा चार चार टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीमा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई छन् ।