एचिटिएस नेता सारा गिरफ्तारीको पुरस्कार रकम हटाइयो « Khabarhub

एचिटिएस नेता सारा गिरफ्तारीको पुरस्कार रकम हटाइयो


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

दमासकस – बसार अल आसादको सत्ता समाप्तिपछि अमेरिकाले हायात ताहिर अल साम्स (एचटिएस) नेता अहदम अल साराको गिरफ्तारीका लागि गरिएको एक करोड अमेरिकी डलर बराबरको पुरस्कारको निर्णय हटाउने तयारी भइसकेको छ।

पूर्वी एसिया हेर्ने विदेश मन्त्रीका सहायक बारबरा लिफले शुक्रबार सिरियाको राजधानी दमासकस भ्रमण गरेकी छिन्। उनले त्यहाँ शीर्ष अधिकारीसँग भेट समेत गरेकी छिन्। एचटिएसले बासादलाई बर्खास्त गरेपछि यो नै अमेरिकी अधिकारीको पहिलो सिरिया भ्रमण हो।

अमेरिकाले सन् २०१८ मा एचटिएसलाई आतङ्ककारीको सूचीमा राखेको थियो। यो सूचीमा मोहम्मद अल जलाउनीको नामले परिचित नेता सारा पनि थिए। लिफले समयको परिवर्तनसँग सबै कुरा चल्ने बताउँदै नेता सारालाई नयाँ सिरियाबाट अघि बढ्ने सम्भावनामा अमेरिका सकारात्मक रहेकोमा विश्वस्त तुल्याउन चाहेको बताएकी छिन्।

यो पुरस्कारको निर्णयले वार्ता सकारात्मक रूपमा अघि बढ्ने विश्वास गरिएको छ। लिफसहित अमेरिकी प्रतिनिधि मण्डलको भ्रमणले पश्चिमा देशबाट आतङ्ककारीको सूचीबाट हटाउने सङ्केतको रूपमा लिइएको छ। अमेरिकी अधिकारीले सुरक्षित सिरिया आफूहरूले देख्न चाहेको बताएका छन्।

यस वार्तामा सन् २०११ मा गृह युद्ध सुरु भएपछि सिरियामा हराएका अमेरिकी तथा त्यहाँ रहेका अमेरिकी सेनाका बारे पनि छलफल हुनेछ। सन् २०१४ मा आइएसआइएससँग भिडन्तका लागि अमेरिकाले सेना पठाएको थियो। सन् २०१७ मा त्यस समूहको पराजयका बाबजुद सेना त्यही रहेको थियो।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : ३९ बजे

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको