विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

आज आश्विन १२ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २९ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भूमध्यसागर पार गरेर करिब २ लाख जना युरोप पुग्दा २५ सय बेपत्ता

यस वर्ष करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भए पनि दुई हजार पाँच सय जनाले भने ज्यान गुमाएको वा बेपत्ता भएको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

“यो वर्ष एक लाख ८६ हजार मानिस भूमध्यसागर पार गरेर प्रवेश गर्दा दुई हजार पाँच सयभन्दा बढीको मृत्यु भएको वा बेपत्ता भएका निष्कर्षमा हामी पुगेका छौँ,” न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त युएनएचसीआरका निर्देशक रुभेन मेनिकडिवेलाले सुरक्षा परिषद्लाई जानकारी दिएको अल जजिराले खबर प्रसार गरेको छ । युरोप प्रवेश गरेकामध्ये करिब एक लाख ३० हजार इटाली पुगेका छन् । ग्रीस, स्पेन, साइप्रस, माल्टालगायत देशमा पनि आप्रवासी पुगेको उनको भनाइ छ ।

गत वर्षको तुलनामा यस वर्ष समुद्र पार गर्ने क्रममा मृत्यु हुने वा बेपत्ता हुनेको सङ्ख्या बढेको छ । जोखिमपूर्ण नाकाबाट यात्रा गर्दा धेरैले ज्यान गुमाएका सुरक्षा परिषद्लाई जानकारी गराइएको छ । अघिल्लो वर्ष एक हजार छ सय ८० जनाको भूमध्यसागर पार गरेर युरोप पस्ने क्रममा मृत्यु भएको थियो ।

एक लाख दुई हजार मानिसले ट्युनिसियाबाट भूमध्यसागर पार गर्ने प्रयास गरेका थिएभने करिब ५० हजार लिबियाको बाटो भएर युरोपतर्फ लागेका थिए । यी दुवै देशबाट भूमध्यसागर पार गर्नु अति जोखिमपूर्ण मानिन्छ । युरोप प्रवेशको यो यात्रामा पाइला–पाइलामा आप्रवासी र शरणार्थीले चरम मानवअधिकार उल्लङ्घनको शिकार हुनुपर्ने तथा ज्यान नै जाने अवस्थाबाट गुज्रनुपर्ने कहालीलाग्दो परिस्थिति पार गर्नुपर्ने निर्देशक रुभेनको भनाइ छ ।

पाकिस्तान विस्फोट : मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ । घटनामा अरु ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ ।

इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घाइतेहरूको बलुचिस्तान र क्वेटाका अस्पतालमा उपचार भइरहेको जनाएको छ । विष्फोटमा एक जना प्रहरी अधिकारीले पनि ज्यान गुमाएका छन् ।

बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् । साथै उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् ।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले छानबिन आयोग गठन गरेको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले यथाशक्य चाँडो छानबिन प्रतिवेदन पेश गर्न आग्रह गरिएको बताएका छन् ।

क्वेटा र बलुचिस्तानका अस्पतालमा आपतकालीन अवस्था घोषणा गरेका उपचारको व्यवस्था गरिएको छ । अहिलेसम्म विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

नेदरल्याण्ड्समा गोली प्रहारबाट तीन जनाको हत्या

पछिल्लो समय युरोपमा गोली प्रहार र छुरा प्रहारका घटना बढेका छन् । जसअनुसार नेदरल्याण्ड्समा गोली चल्दा तीन जनाको ज्यान गएको छ ।

नेदरल्याण्ड्सको रोटरडम शहरमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीनजना मारिएका छन् । मारिनेमा ३९ वर्षीया महिला, उनी १४ वर्षकी छोरी र ४३ वर्षीय एक प्राध्यापक छन् ।

सञ्चारमाध्यमका अनुसार राजधानी एम्स्टर्डमबाट ८० किलोमिटर टाढा रहेको रोटरडमको एउटा फ्ल्याटमा ३२ वर्षीय बन्दुकधारीले गोली चलाएर आमा–छोरीको हत्या गरेका थिए ।

त्यसपछि उनी नजिकैको स्वास्थ्य केन्द्र इरास्मस मेडिकल सेन्टरमा प्रवेश गरेर अर्का एक व्यक्तिको हत्या गरेका थिए । बन्दुकधारी व्यक्ति अस्पतालसँग सम्बद्ध इरास्मस विश्वविद्यालयका विद्यार्थी रहेको बताइएको छ ।

प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएर छानविन अघि सुरु गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ८ : २० बजे

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै