के हो आकाश दीप, किन बालिन्छ ? | Khabarhub Khabarhub

के हो आकाश दीप, किन बालिन्छ ?


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

दानवहरूको संहारपछि कोजाग्रत पूर्णिमाको दिन धनकी देवी लक्ष्मीको आगमन हुने मान्यताका साथ हिन्दु नेपालीहरूको घर आँगनमा आकाश दीप बाल्ने चलन छ ।

आकाश दीप बाँस ठड्याइ बाँसको टुप्पाबाट मकलः अर्थात् बत्ती राख्ने भाँडो डोरीले बाँधेर बेलुका बत्ती बाल्ने परापूर्वकालदेखि चलिआएको परम्परा हो । बाँस नभएको खण्डमा पलाँस, खयर, पीपल आदि पनि ठड्याउने गरेको पाइन्छ ।

धार्मिक विधिअनुसार घरको अगाडि गोबरले लिपि उक्त स्थानमा चन्दनयुक्त शुद्ध जल छर्केर त्यसमा आसनका रूपमा अष्टदलयुक्त कमल बनाइन्छ ।

त्यसको ठीक बीचमा बाँस वा काठको खम्बा ठड्याइन्छ । उक्त खम्बालाई विभिन्न वस्त्र, पताका, ध्वजा, कलशलगायतले सजाएर त्यसमा दीप राखिन्छ ।

यसैगरी अष्टदलको आकृति पनि बनाइन्छ, जसमा बीचमा ठूलो दीप र अन्य ससाना आठ दीप । यी ससाना आठ दीप धर्म, हर, भूमि, दामोदर, धर्मराज, प्रजापति, पितृ र प्रेत गरी तमनिवासीहरूलाई चढाएको मानिन्छ ।

यसरी झुण्ड्याइएको आकाशदीपलाई पञ्चोपचारले पूजा गरिन्छ। पञ्चोपचारअनुसार गन्धका रूपमा चन्दन, पुष्प, धूप, दीप र नैवेद्य आदि चढाई पूजा गरिन्छ ।

धेरै मानिसहरूले आकाश दीपलाई भगवान् विष्णुसँग जोडेर हेर्छन् । आकाश दीप बाल्दा साक्षात् लक्ष्मीको घरमा प्रवेश गराउने धार्मिक मान्यता पनि रहेको छ ।

लक्ष्मी पूजा भन्दा १५ दिन अगाडि आकाश दीप आराधना गरिन्छ । तिहार भन्दा अगाडिका दीनमा धनधान्यकी देवी लक्ष्मी माता पृथ्वी लोकमा रहने शास्त्रीय मान्यता रहेको छ ।

कार्तिक महिनालाई भगवान् विष्णुको प्रिय महिना मानिन्छ । यसै महिना राति सबैभन्दा धेरै अन्धकार सुरु हुने मान्यता छ । यस्तो निस्पट्ट अँध्यारोमा आकाश चरीहरूले पनि आफ्नो बाटो देखुन् भनी आकाश दीप बालिने भनाइ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ६ : ४६ बजे

शिक्षामन्त्री भन्छन्- मलाई सुरक्षा चाहिँदैन, सेना र प्रहरीले नपछ्याए हुन्छ (भिडियोसहित)

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शिक्षा, विज्ञान तथा

दसैँ अवधिमा जिल्ला अदालत खुला रहने

भद्रपुर– झापा जिल्ला अदालतमा यसवर्षको दसैँ बिदामा समेत बन्दीप्रत्यक्षीकरणको रिट

शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका

प्यालेस्टिनी राज्य वार्ताबाट मात्र सम्भव : जर्मनी

एजेन्सी– जर्मनीले सोमबार इजरायल–प्यालेस्टिनीबीच वार्ता नगरी दुई-राज्य समाधान सम्भव नहुने

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कर्णाली– ट्रकको ठक्करबाट सुर्खेतमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ