के हो आकाश दीप, किन बालिन्छ ? « Khabarhub

के हो आकाश दीप, किन बालिन्छ ?


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

दानवहरूको संहारपछि कोजाग्रत पूर्णिमाको दिन धनकी देवी लक्ष्मीको आगमन हुने मान्यताका साथ हिन्दु नेपालीहरूको घर आँगनमा आकाश दीप बाल्ने चलन छ ।

आकाश दीप बाँस ठड्याइ बाँसको टुप्पाबाट मकलः अर्थात् बत्ती राख्ने भाँडो डोरीले बाँधेर बेलुका बत्ती बाल्ने परापूर्वकालदेखि चलिआएको परम्परा हो । बाँस नभएको खण्डमा पलाँस, खयर, पीपल आदि पनि ठड्याउने गरेको पाइन्छ ।

धार्मिक विधिअनुसार घरको अगाडि गोबरले लिपि उक्त स्थानमा चन्दनयुक्त शुद्ध जल छर्केर त्यसमा आसनका रूपमा अष्टदलयुक्त कमल बनाइन्छ ।

त्यसको ठीक बीचमा बाँस वा काठको खम्बा ठड्याइन्छ । उक्त खम्बालाई विभिन्न वस्त्र, पताका, ध्वजा, कलशलगायतले सजाएर त्यसमा दीप राखिन्छ ।

यसैगरी अष्टदलको आकृति पनि बनाइन्छ, जसमा बीचमा ठूलो दीप र अन्य ससाना आठ दीप । यी ससाना आठ दीप धर्म, हर, भूमि, दामोदर, धर्मराज, प्रजापति, पितृ र प्रेत गरी तमनिवासीहरूलाई चढाएको मानिन्छ ।

यसरी झुण्ड्याइएको आकाशदीपलाई पञ्चोपचारले पूजा गरिन्छ। पञ्चोपचारअनुसार गन्धका रूपमा चन्दन, पुष्प, धूप, दीप र नैवेद्य आदि चढाई पूजा गरिन्छ ।

धेरै मानिसहरूले आकाश दीपलाई भगवान् विष्णुसँग जोडेर हेर्छन् । आकाश दीप बाल्दा साक्षात् लक्ष्मीको घरमा प्रवेश गराउने धार्मिक मान्यता पनि रहेको छ ।

लक्ष्मी पूजा भन्दा १५ दिन अगाडि आकाश दीप आराधना गरिन्छ । तिहार भन्दा अगाडिका दीनमा धनधान्यकी देवी लक्ष्मी माता पृथ्वी लोकमा रहने शास्त्रीय मान्यता रहेको छ ।

कार्तिक महिनालाई भगवान् विष्णुको प्रिय महिना मानिन्छ । यसै महिना राति सबैभन्दा धेरै अन्धकार सुरु हुने मान्यता छ । यस्तो निस्पट्ट अँध्यारोमा आकाश चरीहरूले पनि आफ्नो बाटो देखुन् भनी आकाश दीप बालिने भनाइ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ६ : ४६ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि