परराष्ट्रमन्त्री साउद आज अमेरिका भ्रमणमा जाने « Khabarhub

परराष्ट्रमन्त्री साउद आज अमेरिका भ्रमणमा जाने


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउद आज अमेरिका भ्रमणमा जाँदै छन् । भ्रमणका क्रममा सोमबार परराष्ट्रमन्त्री साउदले वासिङ्टनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

मन्त्री साउदले अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)की प्रशासक सामन्था पावर र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

यस्तै, उनले अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारी र अमेरिकी संसदको नेपाल ककसका उपाध्यक्ष एवं सांसद माइक केरीसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी शान्ति संस्थान (यूएसआईपी)मा भेटवार्ता गर्ने, नेपाली–अमेरिकी व्यवसायी समुदायसँग अन्तरक्रिया गर्ने, सूचना प्रविधि क्षेत्रका विज्ञसँग भेटघाट गर्नुका साथै गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने बताइएको छ ।

परराष्ट्रमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारी, एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ७ : १६ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक