काठेपुलले जोडिँदै शे–फोक्सुण्डो ताल | Khabarhub Khabarhub

काठेपुलले जोडिँदै शे–फोक्सुण्डो ताल


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– शे–फोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग आग्रह गरिइएको छ । डोल्पाको सदरमुकाम नजिकै रहेको सुलिगाडबाट सो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण भएमा अझै पर्यटक आगमन बढ्ने स्थानीयको भनाइ छ ।

अहिले जाजरकोट सदरमुकाम तथा मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटक डोल्पाको सदरमुकामसम्म आएर बास बसी अर्को दिन पैदल फोक्सुण्डो ताल पुग्ने गर्दछन् ।

ताल पुग्नका लागि आधा दर्जन काठको जीर्ण पुलमार्फत सुलिगाड खोला तर्नुपर्ने विवशता रहेको छ । जीर्ण रहेका ती काठका लाप्काबाट आवतजावत गर्दा दुर्घटनाको सम्भावनासमेत हुने गरेको नलगाड नगरपालिका–८ हल्चौरका रामप्रसाद खत्रीले बताए ।

डोल्पाको दुनैसम्म यातायातका साधनमा जान र आउन सकिन्छ । सुलिगाडबाट पैदल हिँडेर तालसम्म दुई दिनमा पुग्न सकिन्छ । सुलिगाड खोलामा पक्की पुल निर्माण गरी पदमार्गसमेत भरपर्दो भएमा आन्तरिक तथा बाह्य पर्यटक तालसम्म पुग्न सजिलो हुने सरोकारवाला बताउँछन् । पछिल्ला वर्षमा तालसम्म पुग्नका लागि धेरैको चासो बढेको छ ।

फोक्सुण्डो ताल शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ८ रिग्मोगाउँ नजिकै रहेको छ । समुद्री सतहबाट तीन हजार छ सय मिटर उचाइमा रहेको फोक्सुण्डो ताल चार दशमलव ९४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

फोक्सुण्डो तालको गहिराइ एक सय ४५ मिटर भन्ने गरेता पनि स्थानीयका अनुसार ६ सय ५० मिटर गहिरो रहेको दाबी गर्दै आइरहेका छन् ।

दिनमा मौसमअनुसार पटकपटक रङ परिवर्तन गर्ने यस ताल अङ्ग्रेजी वाई आकारमा फैलिएको छ भने अर्को विशेषता मानव अङ्ग फोक्सोजस्तो पनि देखिन्छ ।

फोक्सुण्डो ताल, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, फोक्सुण्डो झरनालगायत माथिल्लो डोल्पा सुलिगाडबाट माथि पैदलमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

स्थानीयले कतै काठेपुल, कतै ठोसो, कतै लाप्कु, साँकुलगायतका विभिन्न स्थानीय नाम भन्ने गर्दछन् । परापूर्वकालमा खोलानाला तर्न नसक्ने वृद्ध, महिला, बालबालिकाका लागि भनेर भेरिवा वा खोलाको एक किनाराबाट अर्को किनारासम्म आवतजावत गर्न सजिलो बनाउँदै आएको छ ।

डोल्पाका अधिकांश खोलानालामा झोलुङ्गे पुल निर्माण जारी रहे पनि सुलिगाडबाट फोक्सुण्डोसम्मको पैदलमार्गमा काठेपुलले नै यहाँ आउने सबै नागरिकलाई तालसम्म पुग्न सहयोग पुग्दै आएको छ ।

सुलिगाडबाट फोक्सुण्डो तालसम्मको पैदलमार्गमा स्थानीय र पर्यटकका लागि आवतजावतमा सहज होस् भनी झोलुङ्गे पुल निर्माण गरिएता पनि परम्परागत काठेपुल पनि संरक्षण गर्नुपर्ने आवश्यक रहेको शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष निमा लामाले बताए ।

उक्त क्षेत्र पर्यटकीय पदमार्ग भएको हुँदा पर्यटकलाई आकर्षित गर्नका लागि पनि काठेपुल संंरक्षणमा सरोकारवाला निकायले जोड दिनुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

पदमार्गका बीच–बीचमा होटल तथा अन्य सुविधा भएमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । वर्षायाममा केही काठेपुल तथा लाप्का भत्किएको र बाटामा समस्या आएका ठाउँमा मर्मत गरी सहजता ल्याउन सके अझै सजिलो हुने सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १० : २८ बजे

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद