खानीमा आगो लाग्दा ३६ जनाको मृत्यु, कजाकस्तान शोकमा | Khabarhub Khabarhub

खानीमा आगो लाग्दा ३६ जनाको मृत्यु, कजाकस्तान शोकमा


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कारागान्दा आर्सेलरमित्तलको एक खानीमा आगो लाग्दा ३६ जनाको मृत्यु भएपछि कजाकस्तानमा आइतबार राष्ट्रव्यापी शोक दिवसको घोषणा गरिएको छ । केही वर्षमा भएको यो सबैभन्दा ठूलो विपत्ति भएको बताइएको छ । 

आपतकालीन मन्त्रालयले स्थानीय समयअनुसार बिहान ११ बजे भनेको छ, ‘खानीमा ३६ जनाको शव पाइएको छ र अन्य १० कामदारको अहिले पनि खोजी भइरहेको छ ।’

खानीमा भेन्टिलेसनको कमी र शनिबार भएको विस्फोटको शक्तिका कारण राति हुनुभन्दा अघि नै उद्धारकर्मीहरूले उनीहरूलाई जीवितै पाउने सम्भावना ‘अत्यन्त कम’ रहेको चेतावनी दिएका थिए । विस्फोटको आवाज दुई किलोमिटरसम्म फैलिएको थियो । 

कजाक राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले शनिबार घटनास्थल पुगेर आर्सेलरमित्तलसँगको सहयोग ‘अन्त्य गर्ने’ आदेश दिए। कारागान्दा खानीमा पीडितहरूका आफन्तसँग कुराकानी गर्दै उनले भने, ‘आर्सेलरमित्तल सरकारसँग सहयोगका मामिलामा कजाकस्तानको इतिहासमा सबैभन्दा खराब उद्यम हो ।’

प्रधानमन्त्री अलिखान स्माइलोभले भने, ‘कजाक सरकार र स्टिल कम्पनी आर्सेलरमित्तलले कजाकस्तान गणतन्त्रको पक्षमा कम्पनीको स्वामित्व हस्तान्तरण गर्नका लागि एउटा प्रारम्भिक सम्झौताको घोषणा गरेका छन् ।’

आर्सेलरमित्तलले भनेको छ, ‘दुई पक्षले कजाकस्तान गणतन्त्रमा स्वामित्व हस्तान्तरण गर्ने लेनदेनका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको आर्सेलरमित्तल पुष्टि गर्दछ, यो लेनदेनलाई चाँडोभन्दा चाँडो अन्तिम रूप दिन कम्पनी प्रतिबद्ध छ ।’

राष्ट्रपति तोकायेभले राष्ट्रिय शोकको घोषणा गरेपछि आइतबार राष्ट्रिय झन्डा आधा झुकाइएको थियो । सन् १९९१ मा सोभियत सङ्घको पतनपछि कजाकस्तानमा करिब दुई सय जनाको मृत्यु भएको छ । अधिकांश मृत्युका घटना आर्सेलरमित्तलका खानीमा भएका छन् । 

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ३ : २६ बजे

इञ्जिन ल्याएर तत्काल विमान सञ्चालन गर्न निगमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२०

मधेसमा धान उत्पादनमा कमी आउने

पर्सा – धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र

एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर

पूर्वमहालेखापरीक्षक खत्रीलाई प्रश्न : जोखिम हेरेर मात्रै पूर्ण कर परीक्षण गर्ने नीति कति उचित ?

काठमाडौं– जेन-जी आन्दोलनपछि बनेको सरकारले अर्थतन्त्रमा दीर्घकाल र अल्पकालमा प्रभाव