खानीमा आगो लाग्दा ३६ जनाको मृत्यु, कजाकस्तान शोकमा « Khabarhub

खानीमा आगो लाग्दा ३६ जनाको मृत्यु, कजाकस्तान शोकमा


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कारागान्दा आर्सेलरमित्तलको एक खानीमा आगो लाग्दा ३६ जनाको मृत्यु भएपछि कजाकस्तानमा आइतबार राष्ट्रव्यापी शोक दिवसको घोषणा गरिएको छ । केही वर्षमा भएको यो सबैभन्दा ठूलो विपत्ति भएको बताइएको छ । 

आपतकालीन मन्त्रालयले स्थानीय समयअनुसार बिहान ११ बजे भनेको छ, ‘खानीमा ३६ जनाको शव पाइएको छ र अन्य १० कामदारको अहिले पनि खोजी भइरहेको छ ।’

खानीमा भेन्टिलेसनको कमी र शनिबार भएको विस्फोटको शक्तिका कारण राति हुनुभन्दा अघि नै उद्धारकर्मीहरूले उनीहरूलाई जीवितै पाउने सम्भावना ‘अत्यन्त कम’ रहेको चेतावनी दिएका थिए । विस्फोटको आवाज दुई किलोमिटरसम्म फैलिएको थियो । 

कजाक राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले शनिबार घटनास्थल पुगेर आर्सेलरमित्तलसँगको सहयोग ‘अन्त्य गर्ने’ आदेश दिए। कारागान्दा खानीमा पीडितहरूका आफन्तसँग कुराकानी गर्दै उनले भने, ‘आर्सेलरमित्तल सरकारसँग सहयोगका मामिलामा कजाकस्तानको इतिहासमा सबैभन्दा खराब उद्यम हो ।’

प्रधानमन्त्री अलिखान स्माइलोभले भने, ‘कजाक सरकार र स्टिल कम्पनी आर्सेलरमित्तलले कजाकस्तान गणतन्त्रको पक्षमा कम्पनीको स्वामित्व हस्तान्तरण गर्नका लागि एउटा प्रारम्भिक सम्झौताको घोषणा गरेका छन् ।’

आर्सेलरमित्तलले भनेको छ, ‘दुई पक्षले कजाकस्तान गणतन्त्रमा स्वामित्व हस्तान्तरण गर्ने लेनदेनका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको आर्सेलरमित्तल पुष्टि गर्दछ, यो लेनदेनलाई चाँडोभन्दा चाँडो अन्तिम रूप दिन कम्पनी प्रतिबद्ध छ ।’

राष्ट्रपति तोकायेभले राष्ट्रिय शोकको घोषणा गरेपछि आइतबार राष्ट्रिय झन्डा आधा झुकाइएको थियो । सन् १९९१ मा सोभियत सङ्घको पतनपछि कजाकस्तानमा करिब दुई सय जनाको मृत्यु भएको छ । अधिकांश मृत्युका घटना आर्सेलरमित्तलका खानीमा भएका छन् । 

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ३ : २६ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी