पाक्न लागेको धानमा ‘पोके’ र हावाहुरी « Khabarhub

पाक्न लागेको धानमा ‘पोके’ र हावाहुरी


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको खेतमा  पाक्नै लागेको धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।

धानबालीमा डरलाग्दो मानिने गवारो, खैरो फड्के किरा र पोके रोग अहिले म्याग्दीको धानबालीमा देखापरेको छ । धान लहलह झुल्ने समयमा रोगको प्रकोपले धानको बाला नष्ट हुन थाल्दा धान उत्पादन घट्ने चिन्तामा किसान छन् । धानबालीमा प्रकोपकैरूपमा बाला नष्ट हुन थालेको बेनी नगरपालिका–२ बगरफाँटका खड्गबहादुर घिमिरेले बताए ।

जिल्लाको बेनी नगरपालिकासहित रघुगङ्गा, मालिका, मङ्गला, अन्नपूर्ण र धवलागिरि गाउँपालिकाका धान उत्पादन हुने फाँटहरुमा गवारो र खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने र बोट हरियोमै सुक्दै जाने समस्या देखापरेको सम्बन्धित स्थानीय तहका कृषि प्राविधिकहरूले बताएका छन् ।

रैथाने धानको बीउ गौरिया, गुडुरा, ताकमारे, आँगा, जौधान लगाइएका ठाउँमाभन्दा आयातित विकासे बीउ रोपिएको धानका फाँटमा रोग र किराको समस्या बढी देखिएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

धानबाली भित्र्याउने अन्तिम समयमा देखापरेको रोगले यस वर्ष धान उत्पादन घट्न सक्ने बगरफाँटका कृषक जितबहादुर कार्कीको भनाइ छ । रत्नेचौर, बगरफाँट, फापरखेत, सीमलगायत बढी धान उत्पादन हुने फाँटमा लगाइएको धानबालीमा समेत गबाँरो, राते र खैरे थोप्ले रोगको प्रकोप देखापरेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए ।

गवारो र खैरे फड्के रोगको सङ्क्रमणबाट धानबाली जोगाउन सम्बन्धित पालिकाका कृषि प्राविधिक र किसानसँग रोगको नियन्त्रणबारे समन्वय भइरहेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । म्याग्दीका किसानमा पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति आकर्षण बढेको छ ।

 हल गोरुको विकल्पमा मिनिट्रिलर हलो, ट्र्याक्टरको प्रयोग गर्न थालेका छन् । ठूला गरा भएका र फाँटका खेतमा बाँझो जोत्नेदेखि रोपाइँ गर्न ट्र्याक्टरमिनिट्रिलर प्रयोग गरेका छन् । गोरुले एक दिनमा जोत्ने खेत ट्र्याक्टरमिनिट्रिलरले एकै घण्टामा सक्ने हुँदा काम छिटो हुने बगरफाँटका कृषक भीमबहादुर रिजालले बताए ।

गत वर्ष तीन हजार नौ सय २५ हेक्टरमा १३ हजार छ सय २६ मेट्रिकटन धान उत्पादन भएको थियो । तर यस वर्ष भने धान लगाउने समयमा रासायनिक मल र सिँचाइको अभाव हुनुका साथै धान भित्र्याउने समयमा भएको मौसमी प्रतिकूलता र रोग किराको प्रकोपका कारण उत्पादन घट्ने भएको छ ।

वर्षा र हावाहुरीबाट क्षति

असोज अन्तिम साताको बेमौसमी वर्षा र हावाहुरीका कारण जिल्लाको सयौँ हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ । वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएपछि धान बालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकले जनाएका छन् । 

पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएपछि पानीले भिजेर क्षति पुगेको हो । जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगातारको वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्ने लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनुका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ ।

जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायत ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन् । यस वर्ष धानमा रोग किराको प्रकोप नदेखिएको र सिँचाइको सुविधा पनि पुगेकाले विगतका वर्षका तुलनामा धान उत्पादनमा वृद्धि हुने अपेक्षा किसानले गरेका थिए । थन्क्याउने बेलाको बेमौसमी वर्षा र हावाहुरीका कारण धान बालीमा क्षति पुगेको बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान नारायण सापकोटाले बताए  ।

म्याग्दीमा गौरिया, जेठो बूढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धानखेती हुने गर्छ । वार्षिक चार हजार मेट्रिकटन धान उत्पादन हुने केन्द्रको तथ्याङ्क छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा भिरालो जमिन र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ४ : १३ बजे

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक