टाटाले भारतमै आइफोनको निर्माण सुरु गर्ने « Khabarhub

टाटाले भारतमै आइफोनको निर्माण सुरु गर्ने


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको प्रतिष्ठित व्यवसायीक समूह टाटाले भारतमै आइफोन निर्माण सुरु गर्ने भएको छ । ताइवानको आइफोन निर्माता विस्ट्रन कर्प प्राप्त गर्दै दुई वर्ष भित्रै भारतमै आइफोन उत्पादन सुरु गर्नेगरी टाटाले सम्झौता गरेको हो ।

हालसम्म अमेरिकी प्रविधि कम्पनी आइफोनले चीनमा विशाल मात्रामा आइफोन उत्पादन गर्दै आइरहेको थियो । चीनमा ताइवानी कम्पनी फक्सकनका दुई विशाल फ्याक्ट्रीमार्फत एप्पलका आइफोन उत्पादन तथा विश्वव्यापीरुपमा बिक्री वितरण हुँदै आइरहेको थियो ।
तर, भारतको टाटा समूहले विस्ट्रन प्राप्त गरेसँगै भारतको बेङ्ग्लोर नजिकैको प्लान्टबाट आइफोन उत्पादन हुने भएको हो । टाटाले भारतमा उत्पादन गर्ने आइफोन भारतको आन्तरिक बजार र विश्व बजारमा समेत आपूर्ति हुने बताइएको छ ।

भारतका विद्युत तथा प्रविधि मन्त्री राजिब चन्द्रशेखरले प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनरी योजनाका कारण भारतमै आइफोन निर्माण सुरु हुन लागेको जानकारी दिए । उनले सामाजिक सञ्जाल एक्समार्फत टाटाले आगामी दुई वर्षभित्र उत्पादन सुरु गर्ने जानकारी दिएका हुन् ।

पछिल्लो समय अमेरिकी प्रविधि कम्पनी एप्पले भारतीय बजारलाई प्राथमिकतामा राख्न थालेको छ । अमेरिका र चीनबिच व्यापार र प्रविधि युद्ध चर्किँदै जाँदा धेरैजसो अमेरिकी कम्पनी चीन छाड्ने होडमा छन् । चीन छाड्ने कम्पनीहरूको पहिलो प्राथमिकतामा भारत पर्ने देखिन्छ ।

यसअघि, एप्पले दुई÷तीन महिना अघि भारतमा आफ्नो पहिलो आधिकारिक स्टोर सञ्चालनमा ल्याएको थियो । भारत यतिबेला विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो ।

यस्तै, भारतको अर्थतन्त्र समेत विश्वमा उदीयमान अवस्थामा छ भने भारतीयहरूको आम्दानी समेत उकालो लाग्दै छ । यही सम्भावनालाई मध्यनजर गर्दै एप्पलले भारतीय बजारलाई प्राथमिकतामा राखेको छ ।

विस्ट्रन कर्पको सञ्चालक समितिको बैठकले आफनो सिंगापुर र हङकङमा आधारित कम्पनीको सेयर बिक्रीको स्वीकृत दिएपछि भारतमा आइफोन निर्माण सम्भव भएको हो । टाटाले आइफोन निर्माण सुरु गर्नका लागि विस्ट्रनसँग १२५ मिलियन अमेरिकी डलरको डिल गरेको छ ।

स्रोत : एएनआई

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : २८ बजे

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को