कङ्गनाको तेजसले बक्स अफिसमा देखाउन सकेन जादु | Khabarhub Khabarhub

कङ्गनाको तेजसले बक्स अफिसमा देखाउन सकेन जादु


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – कंगना रनौतको फिल्म तेजस रिलिज भएको छ । यो फिल्ममा कंगना भारतीय एयरफोर्सकी पाइलटकी भूमिकामा छिन् । झन्डै एक वर्षपछि ठूलो पर्दामा फर्किएकी कङ्गनाको यो फिल्मको प्रतीक्षामा फ्यानहरू थिए ।

अभिनेत्रीले पनि यो फिल्मको घुँडै धसेर प्रमोसन गरेकी थिइन् । तर यो फिल्मले हलमा खासै जादु भने देखाउन सकेन । फिल्मको यति धेरै प्रमोसन गरेर पनि कंगनालाई केही फाइदा भएन ।

क्रिटिक्स र दर्शक दुबैबाट फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मको पहिलो दिनको कमाई १ करोड २५ लाख भारु मात्रै भएको बताइएको छ ।

फिल्मले पहिलो दिनमा २ देखि ३ करोड कमाउने आशा गरिएको थियो । यो फिल्ममा कङ्गनाको साथमा अंशुल चौहान, वरुण मित्रा, आशीष विद्यार्थी र विशाख नायर पनि छन् ।
यो फिल्म भारतको १ हजार ३०० वटा स्क्रिनमा रिलिज भएको थियो । गएको केही वर्ष कंगनाका लागि खासै राम्रो रहेनन् । लामो समयदेखि फ्लपमाथि फ्लप फिल्म दिइरहेकी छिन् ।

तेजस अघि धाकड र चन्द्रमुखी २ रिलिज भएको थियो । यी दुवै फिल्म पनि बक्स अफिसमा फ्लप साबित भए ।

स्रोत : एएनआई

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : ३६ बजे

सुदूरपश्चिममा ३४ प्रतिशत मात्र बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच

झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

भद्रपुर– गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको

गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक

हिन्दु धर्ममा पूजाआजाको सुरुमा किन लिइन्छ संकल्प ? 

काठमाडौं– हिन्दु धर्ममा पूजाको निकै महत्त्व रहेको छ । पूजा

नीति तथा कार्यक्रम अघि संसद भवनमा रिहर्सल (तस्बिरहरु)

काठमाडौं– सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम