कङ्गनाको तेजसले बक्स अफिसमा देखाउन सकेन जादु « Khabarhub

कङ्गनाको तेजसले बक्स अफिसमा देखाउन सकेन जादु


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – कंगना रनौतको फिल्म तेजस रिलिज भएको छ । यो फिल्ममा कंगना भारतीय एयरफोर्सकी पाइलटकी भूमिकामा छिन् । झन्डै एक वर्षपछि ठूलो पर्दामा फर्किएकी कङ्गनाको यो फिल्मको प्रतीक्षामा फ्यानहरू थिए ।

अभिनेत्रीले पनि यो फिल्मको घुँडै धसेर प्रमोसन गरेकी थिइन् । तर यो फिल्मले हलमा खासै जादु भने देखाउन सकेन । फिल्मको यति धेरै प्रमोसन गरेर पनि कंगनालाई केही फाइदा भएन ।

क्रिटिक्स र दर्शक दुबैबाट फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मको पहिलो दिनको कमाई १ करोड २५ लाख भारु मात्रै भएको बताइएको छ ।

फिल्मले पहिलो दिनमा २ देखि ३ करोड कमाउने आशा गरिएको थियो । यो फिल्ममा कङ्गनाको साथमा अंशुल चौहान, वरुण मित्रा, आशीष विद्यार्थी र विशाख नायर पनि छन् ।
यो फिल्म भारतको १ हजार ३०० वटा स्क्रिनमा रिलिज भएको थियो । गएको केही वर्ष कंगनाका लागि खासै राम्रो रहेनन् । लामो समयदेखि फ्लपमाथि फ्लप फिल्म दिइरहेकी छिन् ।

तेजस अघि धाकड र चन्द्रमुखी २ रिलिज भएको थियो । यी दुवै फिल्म पनि बक्स अफिसमा फ्लप साबित भए ।

स्रोत : एएनआई

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : ३६ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी