नेपालमा नयाँ दलको सम्भावनाबारे अष्ट्रेलियामा छलफल « Khabarhub

नेपालमा नयाँ दलको सम्भावनाबारे अष्ट्रेलियामा छलफल

उपमेयर सुनिता डंगोल र एनआरएन नेता शेष घले सहभागी हुँदै


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी २०८४ सालको चुनाबलाई लक्षित गरेर नेपालमा नयाँ दल खोल्नेबारे अष्ट्रेलियामा रहेका नेपालीहरूले बहस सुरु गरेका छन् । यही क्रममा शनिबार अष्ट्रेलियाको मेलबर्नमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ, जसमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सहभागिता जनाउने छिन् । कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेसमेत सहभागी हुने आयोजकको दाबी छ ।

उपमेयर सुनिता अष्ट्रेलियाको विदेश मामिला तथा वाणिज्य विभागको निम्तोमा मंसिर ८ गते अष्ट्रेलिया पुगेकी हुन् ।

शनिबार दिउँसो २ घण्टा डंगोलले मेलबर्नमा नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछिन्, जहाँ शेष घलेलाई पनि निम्त्याइएको आयोजकको भनाइ छ । सो कार्यक्रममा नेपालको राजनीतिक अवस्थाको बारेमा छलफल हुने र अष्ट्रेलियामा रहेका नेपालीले देशका लागि कस्तो योगदान दिन सक्छन् भन्ने विषयमा बहस हुने आयोजकको भनाइ छ ।

अष्ट्रेलियामा रहेका केही नेपाली युवाले खबहरहबसँग कुरा गर्दै आगामी २०८४ को चुनावलाई केन्द्रित गरेर अब नेपालमा नयाँ दल खुल्ने दाबी गरे । त्यस्तो नयाँ शक्तिमा बालेन्द्र शाह, सुनिता डंगोल र शेष घलेसमेत सहभागी हुन सक्ने उनीहरूको दाबी छ । स्रोतले खबरहबसँग भन्यो, ‘हामी अहिले अष्ट्रेलियामा त्यसैको तयारी गरिरहेका छौं ।’

शनिबार आयोजित कार्यक्रममा सहभागी हुनेहरुले दिउँसोको खानाका लागि ३० डलर शुल्क बुझाउनुपर्ने आयोजकको भनाइ छ । अस्ट्रेलियन सरकारको अनुमति लिएर कार्यक्रममा सहभागी हुन लागेकी सुनिता त्यहाँ १२ देखि २ बजेसम्म दुईघण्टा रहनेछिन् ।

तस्विर स्रोत : SBS Nepali

यसैबीच, सिड्नीमा सुनिताले त्यहाँको अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीमा  विद्यार्थीहरूसँग अन्तरक्रिया गरेकी छन् ।
बालेन्द्र र सुनिता डंगोलसमेतको सहभागितामा नयाँ शक्ति बनाउने गृहकार्य भइरहेको दाबी गरिए पनि डंगोल नेकपा एमालेबाट निर्वाचित उपमेयर हुन् । उनी अहिले पनि नेकपा एमालेमै आवद्ध छिन् । नेपाली युवाले राखेको अन्तरक्रियामा सहभागिता जनाए पनि उनले नयाँ दलको आवश्यकताबारे मुख खोलेकी छैनन् ।

त्यसैगरी, स्वतन्त्रबाट जितेका बालेन्द्र शाह अहिलेसम्म राजनीतिक पार्टी खोल्ने विषयमा खुलेका छैनन् । उनी स्वतन्त्रकै हैसियतमा छन् । तर, पुराना दलहरूको भूमिकाबाट वाक्क भएर राजनीतिमा आएका शाहले आगामी चुनावमा के गर्छन् भन्ने चाहिँ सबैका लागि चासोको विषय बनिरहेको छ ।

अन्तरमुखी स्वाभावका बालेन्द्रलाई ०७९ को स्थानीय चुनावमा अन्य स्वतन्त्र उम्मेदवारहरूले सहकार्य र मोर्चाबन्दीको प्रस्ताव राख्दा उनी एक्लै हिँड्न इच्छुक देखिएका थिए । संघ र प्रदेशको चुनावमा पनि उनी कतै खुलेनन् ।

अष्ट्रेलियाको भ्रमण सकेर उपमेयर डंगोल मंसिर १७ गते नेपाल फर्कँदै छिन् ।

यो पनि पढ्नुहोस् :

राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा जम्बो टोली अष्ट्रेलियामा

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ८ : १८ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता