निर्वाचन आयोगका प्रमुख आयुक्तसहित कर्मचारीले ७ दिनको तलब भूकम्पपीडितलाई दिने | Khabarhub Khabarhub

निर्वाचन आयोगका प्रमुख आयुक्तसहित कर्मचारीले ७ दिनको तलब भूकम्पपीडितलाई दिने


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले जाजरकोट भूकम्पपीडितलाई ७ दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक दिन लागिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका हुन् ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सात दिनको पारिश्रमिक  तथा आयोग एवम् आयोगअन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीमध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिव र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : ४० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका