भारतको मुख्य प्रशिक्षकमा राहुल द्रविडकै निरन्तरता « Khabarhub

भारतको मुख्य प्रशिक्षकमा राहुल द्रविडकै निरन्तरता


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट बोर्डले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा राहुल द्रविडलाई नै निरन्तरता दिने भएको छ । उनी टी–२० विश्वकपसम्म भारतको क्रिकेट टिममा रहने बताइएको छ । तर, उनलाई बीसीसीआईले कहिलेसम्मका लागि सम्झौता गरेको छ भन्ने खुलाइएको छैन् ।

सन् २०२१ मा भारतीय क्रिकेट टिमलाई सम्हालेका द्रविडको कार्यकाल एकदीवसीय विश्वकपको समाप्तिसँगै सकिएको थियो ।

द्रविडको प्रशिक्षणमा भारतीय टिम टेस्ट र टी–२० को नम्बर एक वरियतामा पुगेको थियो । तर, आइसीसीको मुख्य प्रतियोगितामा भारत उपाधिविहीन छ ।

सन् २०२२ को टी-२० विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको भारत एकदीवसीय विश्वकपको फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो । भारतले विश्वकप क्रिकेटको फाइनल अगाडीका ९ मध्य सबै खेलमा जित निकालेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ४ : ३८ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार