भारतको मुख्य प्रशिक्षकमा राहुल द्रविडकै निरन्तरता « Khabarhub

भारतको मुख्य प्रशिक्षकमा राहुल द्रविडकै निरन्तरता


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट बोर्डले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा राहुल द्रविडलाई नै निरन्तरता दिने भएको छ । उनी टी–२० विश्वकपसम्म भारतको क्रिकेट टिममा रहने बताइएको छ । तर, उनलाई बीसीसीआईले कहिलेसम्मका लागि सम्झौता गरेको छ भन्ने खुलाइएको छैन् ।

सन् २०२१ मा भारतीय क्रिकेट टिमलाई सम्हालेका द्रविडको कार्यकाल एकदीवसीय विश्वकपको समाप्तिसँगै सकिएको थियो ।

द्रविडको प्रशिक्षणमा भारतीय टिम टेस्ट र टी–२० को नम्बर एक वरियतामा पुगेको थियो । तर, आइसीसीको मुख्य प्रतियोगितामा भारत उपाधिविहीन छ ।

सन् २०२२ को टी-२० विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको भारत एकदीवसीय विश्वकपको फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो । भारतले विश्वकप क्रिकेटको फाइनल अगाडीका ९ मध्य सबै खेलमा जित निकालेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ४ : ३८ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।