युद्धविरामको समयावधि बढाउन इजरायल र हमासबीच वार्ता « Khabarhub

युद्धविरामको समयावधि बढाउन इजरायल र हमासबीच वार्ता


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- यसअघिको युद्धविराम सम्झौताको समयसीमा सकिनै लाग्दा इजरायल र हमासले युद्धविरामको समयावधि थप बढाउने विषयमा वार्तालाई निरन्तरता दिएका छन् । युद्धविराम सम्झौता सकिनु केही घण्टामात्रै बाँकी रहेका बेला मध्यस्थकर्ताका माध्यमबाट दुई पक्ष छलफलमा जुटेका हुन् ।

हमासले पछिल्लो युद्धविराम अवधिमा गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरी बन्धक बनाएका २ सय ४० मध्ये ६० बन्धकलाई रिहा गरिसकेको छ ।

यीमध्ये २१ ज्ना विदेशी नागरिक पनि रहेका छन् । जवाफमा इजरायलले पनि १ सय ८० जना प्यालेस्टाइनी बन्दीहरुलाई रिहा गरिसकेको छ ।

यसअघि ४ दिनका लागि युद्धविराम सम्झौता भएपनि गत मंगलबार दुबै पक्ष थप ४८ घण्टा युद्धविराम लम्ब्याउन राजी भएका थिए । दुबै पक्ष युद्धविराम सम्झौतालाई थप लम्ब्याउन तयार भएपनि यसबारे औपचारिक सम्झौता भइसकेको छैन ।

कतार र इजिप्टको मध्यस्थतामा वार्ता भइरहेको प्यालेस्टाइनी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

वार्ता भइरहेकोबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले टिप्पणी गर्न अस्वीकार गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : ३० बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८