खेलकुद क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री शाह « Khabarhub

खेलकुद क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री शाह


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले खेलकुदको विकासमा प्राथमिकता दिएको बताएका छन् ।

कैलालीको बौनियामा आयोजित पालिकास्तरीय फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले ‘एक निर्वाचन क्षेत्र, एक खेलमैदान’ र प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई पुरस्कारद्वारा सम्मानित गर्नेजस्तो नीति सरकारले लिएको स्पष्ट पारे ।

उनले भने, “खेलकुदका माध्यमबाट लागुऔषध दुर्व्यसनीको समस्या न्यूनीकरण गर्न सकिन्छ ।” भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले किसानमैत्री नीति बनाउन लागिएको बताए ।

जिल्लाका पालिकास्तरीय १६ टिमको सहभागिता रहेको उक्त फुटबल प्रतियोगिता यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी हुनेलाई रु दुई लाख एक हजार र उपविजेतालाई रु एक लाख पाँच हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार र विभिन्न विधातर्फका उत्कृष्ट खेलाडीलाई जनही रु १५ हजारसमेत प्रदान गर्न लागिएको जनाइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : ३७ बजे

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ