सुदूरपश्चिमबाट एमालेको सङ्कल्प यात्रा सुरु हुँदै : भीम रावललाई छैन खबर | Khabarhub Khabarhub

सुदूरपश्चिमबाट एमालेको सङ्कल्प यात्रा सुरु हुँदै : भीम रावललाई छैन खबर


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भोलि अर्थात मंसिर १४ बाट पुस २ गतेसम्म नेकपा एमालेले पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित सङ्कल्प यात्रा  गर्दैछ ।

सुदूरपश्चिमको बैतडी झुलाघाटबाट एमालेको यात्रा सुरु हुन लागेको छ । तर, सोही क्षेत्रका एमालेका विद्रोही नेता भीम रावललाई भने यसबारे कुनै जानकारी छैन ।

हुन त उनले २०७९ आम निर्वाचन र २०८० को उपनिर्वाचनमा पनि आफ्नै पार्टी एमालेलाई सहयोग गरेनन् । अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकल बर्चस्व चलाएको भनेर एमालेमा विद्रोह गरेका रावल तटस्थ बसेका थिए । यसले गर्दा सुदूरपश्चिममा एमालेले राम्रो स्थान बनाउन सकेन ।

एमालेको पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित सङ्कल्प यात्रामा तपाईँको सहभागिता रहन्छ कि रहँदैन ? भन्ने खबरहबको प्रश्नमा रावल भन्छन्, ‘मैले सञ्चारमाध्यबाट मात्र सुनेको हुँ, मलाई संस्थागत र संगठनात्मक रुपमा कुनै जानकारी छैन ।’

यो यात्रालाई कसरी हेर्नु भएको छ भन्ने प्रश्नमा उनले भने, ‘म परिणाममा विश्वास गर्ने मान्छे परेँ । पुष्पलाल मध्यपहाडी यात्रामा कयौँ पुल र सडकहरु बिग्रेका छन् । यसलाई उहाँहरुले कसरी हेर्नुहुन्छ, हेरौँला ।’

यसअघि रावलसँग सम्बन्ध सुधार गर्न एमालेले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा  वार्ता टोली नै गठन गरेको थियो । उक्त टोलीमा लेखराज भट्ट र कर्ण थापा सदस्य थिए । पछि अध्यक्ष ओलीले रावलसँग भेट गरेका थिए ।

त्यसपछि सम्बन्ध सुधार भएको संकेत देखिएको थियो । तर,  रावललाई नै खबर नगरेको भनेपछि अझै ओली र रावलबीच सम्बन्ध सुधार नभएको बुझिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ७ : ०२ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो