सरकारले वास्ता नगरेको भन्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानका स्थानीय आक्रोशित | Khabarhub Khabarhub

सरकारले वास्ता नगरेको भन्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानका स्थानीय आक्रोशित


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पर्याप्त पानी भएपनि आफ्नो क्षेत्रमा पाकिस्तान सरकारले आवश्यक पर्नेजति विद्युत उपलब्ध नगराएको भन्दै पाकिस्तान अधिनस्थ कश्मीरको गिल्गिट बाल्टिस्तानका स्थानीयहरुले आक्रोश पोखेका छन् ।

गिल्गिट बाल्टिस्तानका वरिष्ठ पत्रकार युसुफ नशादले पाकिस्तान सरकारले विद्युत्, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा ध्यान नदिएको बताए ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले आफ्नो क्षेत्रमा पर्याप्त पानीको स्रोत भएपनि आवश्यकताअनुसार विद्युत उपलब्ध हुन नसकेको उल्लेख गरे । पछिल्ला केही महिनायता लोडसेडिङ व्यहोर्दै आएको सो क्षेत्रमा बारम्बार प्रदर्शन हुँदै आइरहेको छ ।

त्यसबाहेक गिल्गिट बाल्टिस्तानमा अनुदानमा दिइने गहुँको भाउ पनि २० रुपैयाँले बढेर ५२ रुपैयाँ प्रतिकेजी पुगेको छ । उनले आफ्नो क्षेत्रका बासिन्दाहरु कठोर जीवन बाँच्न बाध्य भएको र उनीहरु आधारभूत अधिकारबाट पनि बञ्चित बनेको उल्लेख गरे ।

आफ्नो क्षेत्रमा वितरण भइरहेको गहुँको गुणस्तर पनि कमजोर रहेको उनको भनाइ छ । गुणस्तरहीन गहुँको उपभोग गर्ने मानिसहरु बिरामी बन्दै गइरहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १२ : १६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’