स्रष्टाको सम्मान गर्ने सरकारी प्रतिबद्धता | Khabarhub Khabarhub

स्रष्टाको सम्मान गर्ने सरकारी प्रतिबद्धता


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

रेडियो नेपालमा आज आयोजित ‘गीतसङ्गीत र रेडियो नेपाल’ विषयमा स्रष्टासँग भएको छलफलमा मन्त्री शर्माले राज्यले स्रष्टाको सम्मान गर्ने बताएकी हुन् । उनले भनिन् , “गीतसङ्गीतको प्रवद्र्धनका साथै सूचना र मनोरञ्जनको क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण छ, अब रेडियो नेपालले सञ्चार क्षेत्रमा भएको विकासअनुरुप आफूलाई परिस्कृत गर्दै जनताको आवाज मुखरित गर्ने माध्यम बन्नुपर्छ ।”

सरकारका प्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गर्दै आएकी मन्त्री शर्माले लेखकस्वका सम्बन्धमा कुनै समस्या भएमा त्यसलाई समाधान गर्न सञ्चार मन्त्रालय तत्पर रहेको बताइन्।

छलफलमा सहभागी स्रष्टा तथा कलाकारले रेडियो नेपाल गीतसङ्गीत क्षेत्रका लागि सबैको साझा चौतारी हो भन्दै स्रष्टाका सृजनालाई रेडियो नेपालले संरक्षण एवं सम्बद्धन गर्नुपर्नेमा जोड दिइन् ।

छलफलमा गायिका मीरा राणा, रोयल्टी समाजका अध्यक्ष तथा सङ्गीतकार सुरेश अधिकारी, सङ्गीतकार लक्ष्मण शेष, कलाकारहरू महेश खड्का, गायक सत्यराज आचार्य, धीरेन्द्र प्रेमर्शी, प्राध्यापक ध्रुवेशचन्द्र रेग्मीले राज्यले स्रष्टाको सम्मान गर्नुपर्ने बताए ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले स्रष्टाको सम्मान गर्न रेडियो नेपाल सदैव तत्पर रहेको बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १० : १४ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ