ऋषभ पन्त बने दिल्ली क्यापिटल्सको नयाँ कप्तान | Khabarhub Khabarhub

ऋषभ पन्त बने दिल्ली क्यापिटल्सको नयाँ कप्तान


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुर्घटनामा परेपछि लामो समय मैदान बाहिर रहेका ऋषभ पन्त पुनः इन्डियन प्रिमियर लिग (आईपीएल)मा फर्कने भएका छन् । आगामी सिजनको आईपीएलमा उनी दिल्ली क्यापिटल्सको कप्तानको भूमिकामा देखिने छन् ।

दुर्घटनामा परेपछि उनले अघिल्लो सिजनको आईपीएल र हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकप पनि गुमाएका थिए । दिल्ली क्यापिटल्सका क्रिकेट निर्देशक सौरभ गांगुलीले २६ वर्षीय विकेटकिपर ब्याट्सम्यान पन्त आगामी आईपीएलमा कप्तानको भूमिकामा फर्किने जानकारी दिए ।

सडक दुर्घटनामा परेर घाइते भएका पन्तको घुँडाको शल्यक्रिया गरिएको थियो ।उनको लिगामेन्टमा पनि गम्भीर समस्या देखिएको थियो । अहिले पन्तको स्वास्थ्यमा सुधार आएको समाचारमा जनाइएको छ । केही क्रिकेट विश्लेषकले भने पन्त अझै पूणर्रुपमा स्वस्थ्य भइनसकेको दाबी गरेका छन् ।

दिल्ली क्यापिटल्सले भने आगामी आईपीएलमा विकेटकिपरको भूमिका निर्वाह गर्न नसके पनि पन्तले टोलीका लागि उत्कृष्ट ब्याटिङ गर्ने विश्वास लिएको छ । दिल्ली क्यापिटल्सले आफ्ना दुवै विकेटकिपर फिल साल्ट र सरफराज खानलाई रिलिज गरिसकेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ११ : १० बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ