‘द बुल’ मा सलमान अर्धसैनिक अधिकृतको भूमिकामा देखिने | Khabarhub Khabarhub

‘द बुल’ मा सलमान अर्धसैनिक अधिकृतको भूमिकामा देखिने


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भर्खरै मात्रै सलमान खानको बहुप्रतिक्षित फिल्म टाइगर ३ आएको थियो । यो फिल्मले बक्स अफिसमा जादु देखाउन सकेन । सलमानको लागि कमब्याक हुने अपेक्षा गरिएको फिल्मले हिन्दी भाषामा बजेट जति पनि कमाउन सकेन । यति बेला उनको नयाँ फिल्मबारे चर्चा सुरु भएको छ ।

सलमान अर्को एक्शन फिल्ममा देखिँदै छन् । द बुल नामक यो फिल्मको निर्देशन विष्णुवर्धनले गर्ने बताइएको छ । फिल्म करण जौहरको धर्मा प्रडक्शनले बनाउन लागेको हो । यो फिल्ममार्फत सलमान खान लामो समयपछि करण जौहरसँग काम गर्दैछन् ।

सलमान खानको आगामी फिल्म एक्शन थ्रिलर हुने बताइएको छ । रिपोर्ट्सका अनुसार यो फिल्मको सुटिङ सन् २०२४ को फेब्रुअरीमा सुरु हुनेछ । करणले फेब्रुअरीदेखि अगष्टसम्म यो फिल्मको सुटिङ गरेर ब्रेक लिने खबरहरु आइरहेको छ ।

यो फिल्ममा सलमान पहिलो पटक अर्धसैनिक अधिकृतको भूमिकामा देखिनेछन् । फिल्ममा सलमान बाहेक दक्षिण भारतीय अभिनेत्री सामंथा रुथ प्रभुको पनि मुख्य भूमिका रहने बताइएको छ । सामन्था हालै यही फिल्मको स्क्रिप्ट पढ्न र निर्देशकसँग बातचितका लागि मुम्बई आएकी थिइन् ।

शेरशाह पछि विष्णुवर्धनको यो दोस्रो हिन्दी फिल्म हुनेछ । यसअघि उनले हिन्दी भाषामा बनाएको शेरशशाहले राष्ट्रिय पुरस्कार जितेको थियो । अहिलेसम्म फिल्मको नयाँ नाम फाइनल भइसकेको छैन । तर करणले यसलाई द बुल भनिरहेका छन् । फिल्म सन् २०२५ को गर्मीयाममा रिलिज हुने बताइएको छ ।

स्रोत: एएनआइ

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ११ : २० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार