‘द बुल’ मा सलमान अर्धसैनिक अधिकृतको भूमिकामा देखिने « Khabarhub

‘द बुल’ मा सलमान अर्धसैनिक अधिकृतको भूमिकामा देखिने


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भर्खरै मात्रै सलमान खानको बहुप्रतिक्षित फिल्म टाइगर ३ आएको थियो । यो फिल्मले बक्स अफिसमा जादु देखाउन सकेन । सलमानको लागि कमब्याक हुने अपेक्षा गरिएको फिल्मले हिन्दी भाषामा बजेट जति पनि कमाउन सकेन । यति बेला उनको नयाँ फिल्मबारे चर्चा सुरु भएको छ ।

सलमान अर्को एक्शन फिल्ममा देखिँदै छन् । द बुल नामक यो फिल्मको निर्देशन विष्णुवर्धनले गर्ने बताइएको छ । फिल्म करण जौहरको धर्मा प्रडक्शनले बनाउन लागेको हो । यो फिल्ममार्फत सलमान खान लामो समयपछि करण जौहरसँग काम गर्दैछन् ।

सलमान खानको आगामी फिल्म एक्शन थ्रिलर हुने बताइएको छ । रिपोर्ट्सका अनुसार यो फिल्मको सुटिङ सन् २०२४ को फेब्रुअरीमा सुरु हुनेछ । करणले फेब्रुअरीदेखि अगष्टसम्म यो फिल्मको सुटिङ गरेर ब्रेक लिने खबरहरु आइरहेको छ ।

यो फिल्ममा सलमान पहिलो पटक अर्धसैनिक अधिकृतको भूमिकामा देखिनेछन् । फिल्ममा सलमान बाहेक दक्षिण भारतीय अभिनेत्री सामंथा रुथ प्रभुको पनि मुख्य भूमिका रहने बताइएको छ । सामन्था हालै यही फिल्मको स्क्रिप्ट पढ्न र निर्देशकसँग बातचितका लागि मुम्बई आएकी थिइन् ।

शेरशाह पछि विष्णुवर्धनको यो दोस्रो हिन्दी फिल्म हुनेछ । यसअघि उनले हिन्दी भाषामा बनाएको शेरशशाहले राष्ट्रिय पुरस्कार जितेको थियो । अहिलेसम्म फिल्मको नयाँ नाम फाइनल भइसकेको छैन । तर करणले यसलाई द बुल भनिरहेका छन् । फिल्म सन् २०२५ को गर्मीयाममा रिलिज हुने बताइएको छ ।

स्रोत: एएनआइ

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ११ : २० बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी