कांग्रेस केन्द्रिय समिति बैठक आज पनि, मन्त्रीहरूले कार्य प्रगति पेस गर्ने   « Khabarhub

कांग्रेस केन्द्रिय समिति बैठक आज पनि, मन्त्रीहरूले कार्य प्रगति पेस गर्ने  


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ । हिजो देखी सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी रहने भएको हो ।

आज सरकारमा रहेका मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्य प्रगति प्रतिवेदन बैठकमा पेस गर्ने  बताइएको छ  । 

सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बसिरहेको बैठकमा हिजो महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तावहरु प्रस्तुत गरेका थिए भने समुदायमा कांग्रेस अभियानको कार्ययोजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकमा जानकारी गराएका छन ।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दिपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखिसकेका छन ।

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : २६ बजे

प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक