मूर्तिकार ठाकुर प्रसाद मैनालीका तीन कृति सार्वजनिक « Khabarhub

मूर्तिकार ठाकुर प्रसाद मैनालीका तीन कृति सार्वजनिक


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ मूर्तिकार ठाकुर प्रसाद मैनालीका तीन कृति सार्वजनिक गरिएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बिहीबार आयोजित  कार्यक्रममा वरिष्ठ मूर्तिकार मैनालीका लेखसङ्ग्रह ‘कलाका कुरा’, कवितासङ्ग्रह ‘मेरो कामना’ र ठाकुरप्रसाद मैनालीः सिर्जना र विवेचना’ कृति सार्वजनिक गरिएको हो। कलाकार मैनालीको व्यक्तित्व र कृतित्व सम्बन्धमा अन्य लेखकले चर्चा गरिएका लेख ‘सिर्जना र विवेचना’ कृतिमा समेटिएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभाग र नेपाली समसामयिक मूर्तिकार समुह ‘आरम्भ’ द्वारा संयुक्त रुपमा आयोजित  कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमुनि हार्तमछाली, उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्र थुम्केली, प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो र वरिष्ठ मूर्तिकार मैनालीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।

कूलपति हार्तमछालीले मूर्तिकार मैनाली जिउँदो पुस्तकका रुपमा रहेको बताए । उनले मूर्तिकार मैनालीको व्यक्तित्व र कृतित्व नेपाली कला इतिहासमा उदाहरणीय रहेको चर्चा गर्दै उनका अनुभवलाई पुस्ता हस्तान्तरण गर्न आवश्यक कार्य गरिरहेको बताए ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कलाका क्षेत्रमा योगदान पुर्‍याएको पुस्ताको बिरासतलाई जोगाएर लैजान नयाँ पुस्तालाई जोड्दै जान आवश्यक रहेको  चर्चा गरे ।

प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कला इतिहासका लागि मूर्तिकार मैनालीका पुस्तक दस्तावेजका रुपमा रहने र कलाका नयाँ पुस्ताका लागि बौद्धिक खुराक हुने बताए । 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ११ : ४५ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक